Breaking News : परीक्षणमा कोरोना पोजेटिभ भएकी सिन्धुपाल्चोकको २९ वर्षीय सुत्केरीको निधन टिचिङबाटै कोरोना सरेको आशंका

काठमाण्डौं, जेठ ३ । धुलिखेल अस्पतालमा एकजना सुत्केरीको उपचारका क्रममा निधन भएपछि स्वास्थ्य मन्त्रालयको एउटा टोली त्यसतर्फ लागेको छ। बिहीबार राति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको धुलिखेलस्थित ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ पाइएपछि मन्त्रालयको टोली धुलिखेल गएको हो।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय कोरोना संक्रमण भएकी महिलाको निधन भएको हो । यधपी संक्रमणका कारण मृत्‍यु भए निधन हुने उनी पहिलो संक्रमित हुने छिन् ।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो। स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो।

उनको बिहीबार राति निधन भएको हो। ‘उनको सुरुमा आरडीटी पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको छ’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।

अस्पतालका प्रवक्ता सुमन ताम्राकारले महिलाको निधन भएको पुष्टि गरेपछि महिलाको कोरोना परीक्षणको रिपोर्टबारे मन्त्रालयले जानकारी गराउने बताएका छन् धुलिखेल अस्पतालमा महिलाको निधनभएपछि अहिले अस्पताललाई सील गरिएको छ । स्वास्थ्य मन्त्रालयले पनि सो घटनाको विषयमा अहिले केही बोल्न चाहेको छैन । महिलाको उपचारमा प्रत्यक्ष संकलन ३ जना चिकित्सक तथा नर्ससहित अन्य स्वास्थ्यकर्मीलाई समेत आइसोलेसनमा राखेर कोरोना परीक्षण गर्न लागिएको जनाइएको छ । कोरोनाको लक्षण भएकी को ती महिलाकोनिधन भएपछि अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन ।

बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल उच्च स्रोतका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भिर थियो । साथै स्वास फेर्न समेत निकै कठिन भइरहेको थियो । अस्पताल ल्याएको केही समयमै उनको निधन भएको हो । त्यसपछि चिकित्सकले स्वाब निकालेर परीक्षण गरेका थिए । सोही अस्पतालमा स्वाब परीक्षण समेत हुने गरेको छ । स्वाब निकालेर परीक्षण गर्दा कोरोनो पोजेटिभ देखाएको थियो । त्यसलाई पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । त्यहा पनि परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनि काठमाडौं टिचिङ अस्पतालमा २३ गते बच्चा जन्माएर २४ गते घर फर्किएकी थिइन् । मन्त्रालय उच्च स्रोतले दिएको जानकारी अनुसार उनलाई टिचिङबाटै कोरोना सरेको आशंका गरिएको छ । यद्यपी यसविषयमा थप जानकारी अहिले केही बेरमा पत्रकार सम्मेलन गरी जानकारी दिइने भएको छ ।

घर फर्किएदेखी नै ज्वरो आउने र स्वास फेर्न गाह्रो भएपछि बाह्विसे स्वास्थ्यकेन्द्र लगिएको थियो । त्यहा भेन्टिलेटर नभएका कारण धुलिखेल अस्पताल रेफर गरिएको थियो । ‘हामीले अनेक प्रयास गर्यौं । स्वास फेर्न गाह्रो भएको थियो । ट्युब राखेर भेन्टिलेट गर्दा पनि बचाउन सकेनौं,’ त्यहा कार्यरत चिकित्सकले भन्नुभयो, ‘त्यसपछि हामीले स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आयो । भएकी



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv