मनिषा कोइरालाको पक्षमा बोल्दै भारतलाई रबी लामिछानेको आयो यस्तो खबरदारी
काठमाडौं,जेठ ८ । कुनै समय भारतीय चलचित्रमा एकछत्र राज गरेकी नेपाली नायीका मनिषा कोइरालाका विरुद्ध अहिले सारा भारतीय मिडिया र भारतीय नागरिक सामाजिक सञ्जाल मार्फत खनिएका छन् । उनीहरुले नायीका मनिषलाई भारतको खादी लगाएर चीनको इशारामा भारत विरुद्ध अभिब्यक्ति दिएको आरोप लगाएका छन् ।
मनिषाले राष्ट्रको सिमानाका पक्षमा सरकारले गरेको निर्णयमा समर्थन जनाउँदा भारतीयको आँखाको तारो भएकी हुन् । उनले सामाजिक सञ्जा ट्वीटरमा गरेको रिट्वीटले भारतमा हंगामा मच्चाएको छ । मनिषाले परराष्ट्रमन्त्री प्रदिप गरेको ट्वीट गर्दा यस्तो आलोचना सहनु परेको हो भारतीय मिडियाले प्राथमिकताका साथ मनिषालाई आलोचना गरेका छन् ।
प्रदीप ज्ञवालीले यस्तो ट्वीट गरेका छन्, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमि व्यवस्था मन्त्रालयले छिट्टै सार्वजनिक गर्दैछ ।’मन्त्री ज्ञवालीको यो ट्विटमा मनिषाले रिट्विट गर्दै उनले थप केही कुरा उल्लेख गरेकी छन् । मनिषाले लेखेकी छन् , ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा धन्यवाद १ हामी सबै तीन महान् राष्ट्रहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्तालापको प्रतिक्षा गर्दैछौं अब हात मिलाएर ।’
उनले यति लेखेपछि भारत विरुद्ध मनिषा लागेको भन्दै भारतीय मिडियामा आलोचना गरिएको हो । उनको यो ट्वीट भाइरल बनाइएको छ भारतीय चर्चीत मिडियाले उनको सो ट्वीट सार्वजनिक गर्दै अपब्याख्या गरेका छन् । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ । उनलाई चीनको इशारामा मनिषाले यस्तो ट्वीट गरेको समेत दावी गरेको छ । उनलाई भारतले मनिषालाई नाम दिएको भएपनि नेपालको पक्षमा लागेको भन्दै विरोध जनाएका हुन् ।
भारतले बिरोध जनाएपछी अहिले यो बिषयले नेपाल र भारतमा निकै चर्चा पाएको छ । सामाजिक संजालमा बिभिन्न टिकाटिप्पणी भैरहेका छन् । यसै क्रममा चर्चित पत्रकार रवी लामिछानेले पनि मनीषाको समर्थन गर्दै सामाजिक संजालमा आफ्नो विचार लेखेका छन् ।
मनिषा कोइरालाको एक ट्वीटका कारण भारतिय मिडियाको पसिना छुटेको भन्दै नेपालका चर्चित सञ्चरकर्मी रवि लामिछानेले भारतिय मिडियालाई आफ्नै सरकारले संयुक्त राष्ट्रमा वुझाएको नक्साको अध्ययन गर्न सुझाव दिएका छन । मनिषा कोईराला जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी भएकोले उनी बोल्छिन भन्दै यस्तो स्ट्याटस लेखेका छन, “मनिषा कोईरालाको एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया ! आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ । कहिल्यै अर्काको उपनिवेश नभएको, स्वतन्त्रता दिवस कहिल्यै मनाउन नपर्ने, जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन् – मनिषा कोइराला , अनि बोल्दिनन त ? And I strongly suggest all Indian medias to study your own map that was submitted to the United Nations by your own government. Please take a look at our political map issued officially today.”