भारतीय मिडियालाई दनक दिने रबी को उदघोस्

काठमाण्डौं,जेठ ८ । नेपाल सरकारले बुधवार नेपालको राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरे पछी भारतीय मिडियाहरु को रोइलो भएको छ । त्यही नक्सा सार्वजनिक भएकै दिन बलिवुदमा तहल्का मच्चाएकी नेपाली अभिनेत्री मनिषा कोइरालाले पनि टुइट गरेको बिषयले भारतभर रुवावासी चलेको हो र मनिषालाई तथानाम बोल्दै मिडियाहरु एक तर्फी बिरोध गरे कै बेला न्युज २४ का प्रस्तोता रबी लामिछाने ले पनि आज फेसबुक मार्फत आफुले चलाउँदै आएको ‘सिधा कुरा जनता सँगको कार्यक्रम”मा नेपालको ईतिहास के हो के छ भन्ने बारे प्रस्ट पार्ने बताउनु भएको छ ।

फेसबुक स्ट्याटस मार्फत सार्वजनिक भएको भनाइ मा भनिएको छ – आजको कार्यक्रमको विशेष तयारीमा छौ।भारतीय मिडिया जस्तो बकम्फुसे हल्ला हैन,तथ्य र प्रमाणमा बोल्ने प्रयासमा छौ। I would like to recommend fellow Indian Journalists to check the history,collect the evidences,read them all until you understand the fact and then enter to your studios. Or STOP NONSENSE.

यो स्ट्याटस पछी वहाँको समर्थनमा कमेण्ट गर्ने सारीन ख्युवान लेख्छन best of lock भाइ अहिलेसम्म मैले देखे यो वेला भारतीय मिडियालाई जवाफ तपाईं मात्रै अरु त कपि पेस्ट समाचार हान्दै ठिक छ जुन चित्तबुझ्दो छैन। यो बेला खिर होइन खुकुरी रुपि धारिलो जवाफ दिने हो भाइ ।

त्यस्तै एच बी ताम्राकार लेख्छन – “भारत खबरदार ! अन्य राष्ट्रहरुसंग झेली गरेजस्तो नेपालसंग गर्न सुहाउदैन् , तिम्रो भूभागको रक्षा हाम्रो गोर्खाली विरहरुले निरन्तर गरे संगै पशुपतिनाथको चरणमा सिर राख्ने अवसर तिमीहरुलाई निरन्तर मिलिरहेको छ ।भूभागबारे ज्ञान नभएका केहि तोरीहरु स्टुडियोबाट नेपाललाई धम्की दिन्छन् ।हिमालको काखमा बसेको पवित्र राष्ट्र नेपालको सम्मान गरौ , अवश्य सदबुद्धि मिल्नेछ,अन्यथा नेपालको श्राप लाग्नेछ ।”
“Nepal Is Great Again”

त्यस्तै- नाकबन्दीको बेला पनि रबी लामिछानेले बोलेको कुरा को समर्थन गर्दै कबिर केसी लेख्छन – आज याद आउँदैछ मलाई। नाकाबन्दीका बेला रबि दाईले स्टुडियो बाट भारतको झुठो खाएर नेपाल तिर ढुङ्गा हान्ने केही मधेशी नेताहरुलाई दह्रो झापड दिनुभएको थियो। तर त्यो बेला नेपालकै केही मिडियाहरुले रबि दाइ विरुद्ध खुट्टा तान्न्न खोजेका थिए। तर आज एक नेपाली कलाकार प्रती सिङ्गो भारतले बिरोध गरिरहँदा ती हिजो रबि दाइ विरुद्ध खनिने मिडियाहरु किन चुप छन्
देशको हरेक समस्या बिरुद्ध कडा आवाज उठाउने रबि दाइ प्रती सलाम छ



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv