अब देश कठ्पुतली हुनुहुँदैन – प्राध्यापक डा. युवराज संग्रौला (लेख )

एउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित हुन्छ, नागरिकको मनोदशा पनि भएपुर्ण हुन्छ। हामिले अहिले सम्म नबुझेको कुरा के हो भने “दुइसय बर्ष देखि हाम्रो इतिहास वा राज्यको साख अपमानित भएको छ।” अब अन्डाले ढुङ्गा होइन फलामले ढुङ्गा फुटाउने मानसिकताको निर्माण गर्नु पर्छ।

१. सन १८१४ मा हामी माथि साम्राज्यवादि आक्रमण भयो। हामिले जमिन गुमायौं। तेस्पछी हाम्रा नागरिकहरुलाइ उपनिबेशी सासकले दास झैँ उस्को सेनामा प्रयोग परम्परा थोपर्यो। राणाहरुलाई कठ्पुतली बनाएर हाम्रो समाजलाई अन्धकारको चपेटामामा हाल्यो। बृटिस उपनिबेशिले नेपालको राजनीतिलाई फोहोर बनाइदियो। तर हाम्रा नेता र कर्मचारी बेलायत सङ्ग दुइसय बर्षको इतिहास छ भन्छ्न। अझ गोर्खा भर्ती जस्तो अपमानको पर्यायलाई नेपाल र बेलायतको कुटनितिको सांघु भन्ने गर्छ्न। अपमानित भएको भान पनि छैन। सन १९४७मा भारत स्वतन्त्र भयो, तर उस्ले गर्ने ब्याबाहार उपनिबेशको भन्दा फरक थिएन। बि पिलाई धोका दिएर आफू प्रधानमन्त्री हुन मात्रीका कोइराला दिल्ही पुगेको इतिहास हामी सङ्ग छ। स्वाभिमान हामिले बेच्यौं। क्युबा माथी अमेरिकाले के के अत्याचार गरेन। तर क्युबालीले सिर पनि झुकाएनन, स्वाभिमान पनि बेचनन। उनिहरुले आफुलाइ उन्नत बनाए। शिक्षालाई आधुनिक बनाए। बिज्ञानलाई उन्नत बनाए। नागरिकले देशको अस्तित्वलाईनै आफ्नो अस्तित्व बनाए। क्युबालाई अमरिकाले दमन गर्न सकेन। क्युवाको जस्तो कठिन अवस्था हाम्रो होइन। तर हाम्रा नेता भनिने, राजा भनिने, र जनता भनिनेले आत्मा नै बेचिदिए।

२. नागरिक भारत र बेलायतको सेनामा भर्ना हुन आहिले पनि कुद्छन। उ सङ्ग ५० तर्क छ्न आफ्नो गलत काम पुष्ठि गर्ने तर आफ्नो खेत र बारीमा उन्नत खेतिगर्ने सीप सिक्ने जांगर छैन। लाहुरे संस्कृति रास्ट्रको अपमानका रुपमा हुर्केको छ। जब सम्म आफ्नो स्वाभिमानको अपमान भएको महसुस गर्न सकिन्न अरुले हेप्छन। तेसैले भारतले हाम्रो भुमिमा आफू खुस गर्छ।

३. देशका वकिल बिदेशीको गुलामी गर्छ्न, बिदेशीले पैसा दियो भने देशको अस्तित्वकै विरुद्ध तर्क दिन तयार छ्न। उनिहरु बिदेशीकालागि जासुसीगर्ने संस्थालाई सहयोग गर्छ्न। देशका पत्रकार बिदेशीका पैसालिएर देशका विरुद्ध लेख्न तयार छ्न। तेस्ताका पछाडि नेता लाग्छ्न। देशका इन्जिनियर सिमानामा पिलर राख्दा आफ्नो भुमी त्याग्न तयार छ्न। देशका कर्मचारी रास्ट्रघात गरेर बिदेशीको गुलामी गर्न तयार छ्न। देशका नेता आफू मन्त्री हुन बिदेशिका पाउमा शिर राख्न तयार छ्न। देशका जनता चौकिदारी र सिपाहीका लागि स्वास्नी र खेत त्याग्न तयार छ्न। यी सबै अपमानित इतिहास र रास्ट्रका मानिसका प्रवृत्ति हुन। रास्ट्र कमजोर भए पछि यस्तै हुन्छ।

३. हिटलरले आक्रमण गर्दा रसियामा पचास लाख मानिसले सिपाहीका रुपमा निसंकोच ज्यान दिए। चिनमा आफ्नो स्वतन्त्रतालागि कतिले ज्यान दिए सबैलाई थाह छ। किनकि उनिहरुलाई रास्ट्र अपमानित हुँदा पोल्यो। हामीलाई रास्ट्रको अपमान पीडा हुँदैन,हामीलाई पिडा डिभी नपर्दा, बिदेशी सेनामा भर्ती हुन नपाउदा, र अरबमा शोषण हुन जान नपाउदा हुन्छ। हामीलाई बिदेशीको चाकरी औधी मन पर्छ।

४. हाम्रोमा केही मानिसलाई संधै प्रधानमन्त्री हुने धोको रहन्छ। कसैलाइ त एक दर्जन पट्क प्रधानमन्त्री हुन मन छ। म सङ्ग प्रधानमन्त्री हुने के क्षमता छ भन्ने सोच्न उनिहरु तयार छैनन। हाम्रा नेता जनताका संरक्षक हुन चाहादैनन। उनिहरु जनताका मालिक माननीय हुन चाहान्छ्न। उनिहरुलाइ आफ्नो बिचारको माया लाग्दैन, उनिहरुलाइ घुस दिने माफियाको बढी माया लाग्छ। रास्ट्रघातीहरु प्रती रिश उठ्दैन उनिहरुलाई, बरु देशलाई माया गर्ने प्रती रिश उठ्छ। लुट्नेहरु आफना हुन्छन्, आफ्नो स्वाभिमान राख्नेहरु पराइ हुन्छ्न। केही मानिस राजनितिका नाममा छ्लपट मात्र गर्छ्न।

५. देशका कानुन बिदेशीका लागि बन्छन। सन्धि र संझौता बिदेशीकै लागी बन्छ्न। हाम्रो दराजका कागजपत्र बिदेशीले निकालेर लैजान्छन। देशको नक्सा फेरिन्छ। बिदेशमा राजदुतहरु सेवाबापत पेन्सन खान जान्छन, रास्ट्रको रक्षाका लागि होइन। बिदेशीले मन पराएका मानिस आयोग र कार्यदल मा रहन्छ्न।

तेसैले बिदेशीले हामीलाई अपमान गरिरहन्छ्न। उनीहरु हामीलाई रास्ट्रनै मान्दैनन। तेसैले हेप्ने आंट गर्छन। हाम्रो आफनै चिज हामी सङ्ग छैन। हाम्रा कागज बृटिस म्युजियममा छ्न। हामी सङ्ग हाम्रै सन्धी छैनन। हामीले गुगलबाट नक्सा पृन्ट गरेका छौँ। हामी सङ्ग तर्क होइन गाली गलौज छ। देशको बौद्धिकता जबर्जस्त दमन गरिएको छ। दोग्ला मानिस बिज्ञ बनाइएका छ्न।

हामिले अब रास्ट्रको अपमानलाई समाप्त गर्ने, हाम्रो स्वाभिमानको पुनर्निर्माण गर्ने अभियानको निर्माण गर्नुको बिकल्प छैन।
१. हाम्रो साम्राज्यवाद बिरोधी इतिहासलाई हरेक ब्यक्तिमा पुर्याउनु आवास्यक छ, अब। हाम्रो इतिहासको बधगर्नेहरुको खोजी हुनुपर्छ।२०० बर्ष अगाडी हामिले उपनिबेशी शक्तिका विरुद्ध लेखेको इतिहास फेरि लेख्नु पर्ने भएको छ

२. हाम्रा सिमाना बेच्ने, हाम्रा नक्सा बद्ल्ने, देशघाती संझौता गर्ने, र बिदेशी एजेन्सीकालागि कामगर्ने बिखारीहरुको नकाब खोल्नु पर्छ अब।

३. हाम्रो शिक्षाको बेहाल गर्नेहरुको नकाव पनि उतार्नु पर्छ।

४. बिदेशीलाई नागरिक बेचेर देशको उत्पादन समाप्त गर्नेहरुको खोजी पनि गर्नु आवास्यक छ।

हामिले हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ। अब नागरिकका झोले प्रवृत्ति समाप्त हुनु पर्छ। अब नेपालको अपमान समाप्त गर्ने आन्दोलन गर्नुको बिकप्ल छैन। हिजो पनि देश बिदेशीको कठ्पुतली थियो। आज पनि कठ्पुतली छ। अब देश कठ्पुतलि हुनुहुंदैन।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv