भक्त बीबी ले थाल्यो यस्तो काम धनगढीमा आज देखी सुबिधा सम्पन्न क्वारेन्टाइन सेवा सुरु

धनगढी,जेठ १३ । धनगढीको बोराडाडीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा ५१ बेड क्षमताको क्वारेन्टाईन स्थापना गरिएको छ । भक्त बीबी हेल्पीङ हेण्डस फर ह्युमानिटी संस्थाको व्यवस्थापन र धनगढी उप–महानगरपालिका वडा नम्बर ३ सँगको सहाकार्यमा ५१ बेडको क्वारेन्टाईन सञ्चालनमा ल्याएको हो ।

भारतबाट फर्केर आएका नेपालीहरुलाई सो क्वारेन्टाइनमा राखिने छ । प्रत्येक व्यक्तिको खाने,बस्ने र आवश्यक पर्ने सबै व्यवस्थापन हेल्पी हेण्डस फर ह्युमानिटीले गर्ने संस्थाका सुदूरपश्चिम सल्लाहकार राजबहादुर चन्दले जानकारी दिनुभयो ।

चन्दले कोरोना प्रभावित भारतका विभिन्न क्षेत्रबाट फर्किएकाहरुका लागि उचित प्रबन्ध मिलाउनका साथै अन्य आवश्यक सामाग्रीको समेत संस्थाले व्यवस्थापन गरेको बताउनुभयो ।

वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले अहिले भारतबाट फर्किएका ७ जनालाई क्वारेन्टाईनमा राखिएको बताउनु भयो । नेपाल भारत मिमा रहेका वडाबासीको उद्दार गरी त्रिभुवन मावीमा व्यवस्थित ढंगले राखिने गरि कार्य भइरहेको पनि बताउनु भएको छ ।

उहाँले क्वारेन्टाईनमा बस्दा संक्रमणको जोखिम नहोस भनेर सामाजिक दुरीमा पनि ध्यान दिएको बताउनु भयो । क्वारेन्टाईनलाई प्रभावकारी रुपमा संचालनका लागी वडा कार्यालय र सम्पुर्ण जनप्रतिनिधिले काम गरिरहेको अध्यक्ष ऐरको भनाइ छ ।

यस्तै क्वारेन्टाईनमा बस्नेहरुको मनोरञ्जनका लागि इनटरनेट सुविधा समेत उपलब्ध गराईने तयारीमा आफूहरु रहेको वडा सदस्य ओम चन्दले जानकारी दिनुभयो । वडा नम्बर ३ का सदस्य चन्दले हेल्पीङ हेण्डस फर ह्युमानिटीले क्वारेन्टाईनमा बस्नेहरुका लागि खाना, बस्न, ओढ्ने ओछ्याउने, सेनीटाईजर, मास्क, साबुन, कोलगेट लगायतका सबै सामाग्री सहयोग गरेको बताउदै विपतको समयमा सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिनुभयो ।

हाल नेपालका कन्चनपुर,बजुरा,पल्पा,रुपन्देही,महोत्तरी,पर्सा,काठ्माण्डौ,बिराटनगर,काभ्रे, सिन्धुपाल्चोक,बनेपा लगायतका जिल्लाहरुमा राहत बितरण गरि रहेको संस्थाको नेपाल हेर्ने केन्द्रिय संयोजक शारदा भुसाल (झा) ले बताउनु भयो । त्यस्तै संस्थाका संस्थापक अध्यक्ष भक्त बहादुर भण्डारी ले कोभिड -१९ जस्तो महामारी सँग जुध्न टेक्सासमा रहेर पनि आफ्नै मातृभूमीमा सेवा र सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनु भयो । संस्थालाई नेपाल र नेपालीका लागि सेवा गर्ने अवसर दिने धनगढी उप–महानगरपालिका वडा अध्यक्ष,संस्थासँग आबद्ध सम्पूर्णमा धन्यवाद दिनु भयो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv