डिल्लीबजारमा रहेको राधाकृष्ण मन्दिर भवन पुन:निर्माण हुने
काठ्माण्डौं,जेठ २३ । काठमाण्डौ महानगरपालिका वडा नं २९ अन्तर्गत डिल्लीबजारमा रहेको राधाकृष्ण मन्दिर भवन पुन:निर्माण हुने भएको छ ।
बिहीवार पुर्व प्रधानमन्त्री तथा काठमाण्डौं क्षेत्र नं १ का साँसद प्रकाशमान सिंहले उक्त भवनको पुन:निर्माणका लागि पूजाअर्चना गरी उदघाटन गर्नुभयो ।
प्रदेश सभा सांसद दीपेन्द्र श्रेष्ठ बाट सांसद बिकास कोषको १८ लाख ८० हजार र स्थानिय ब्यक्तिहरुको सहयोगमा पुन:निर्माण हुन लागेको हो ।
मन्दिर भित्र मार्बल, चौतारी ब्यवस्थापन र भजन किर्तन गर्ने स्थान को पुन:निर्माण गरिने सो मन्दिर ब्यवस्थापनका एक सदस्यले जानकारी दिनु भयो ।