भक्त बीबी को यस्तो कार्य: जसले खुवायो लाखौंंलाई,रासन बाँड्यो बिपन्न र मजदुरलाई

२०२७६ साल चैत ११ गते नेपाल सरकारले कोरोना संक्रमण (कोभिड(१९) बाट जोगिन लकडाउन सुरु गर्‍यो । एकाएक राजधानी लगायत देशैभर सवारी आवगमन बन्द भए । राष्ट्रिय र अन्तराष्ट्रिय उडान बन्द भए । दैनिक ब्यवसाय कलकारखाना,उधोग,धन्दा सबै ठप्प भए । सरकारी कार्यालय पनि बन्द भए ।

यसरी सुरुभएको बन्दाबन्दीले बिपन्न बर्ग,दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु मारमा परे । उनिहरुको आए स्रोत नै रोकियो । यस्तो अवस्थामा नाजुक बन्दै गएका नेपालीहरुको भोको पेट भर्न, खाना र रासन बोकेर लकडाउनको पर्वाह नगरी बाहिर निस्कीयो भक्त बीबी हेल्पिङ हेन्ड्स फर ह्युमनेटी संस्था ।
कंचनपुर,डडेल्धुरा,बाजुरा,पाल्पा,रुपन्देही,महोत्तरी,बिराटनगर,पर्सा,सिन्धुपाल्चोक,बनेपा,काभ्रे र काठ्माण्डौंका जिल्लाहरुमा चामल,दाल,नुन,तेल, हात धुने साबुन,हेन्ड सेनिटाइजर, पिपिइ,मास्क,दैनिक निशुल्क भोजन आदी लगाएतका सामाग्री बितरण गरेको छ ।

संस्था ले कहाँ कहाँ के के गर्‍यो बिवरण सहित :-

राहत बितरण

१३ अप्रिल २०२० बैशाख १ २०७७ मा बाल तथा युवा परिचालन प्रतिष्ठान नेपाल ( Sima Nepal Orphanage Home ) मा रहेका सा साना बच्चाहरु र संचालक राजकुमार श्रेष्ठको परिवार समेत गरी ४० जनालाई सहयोग खाद्यान्न सहयोग गर्‍यो । चामल – ८ बोरा,मसुरो दाल- १० के जी,वाईवाई चाउचाउ २ बक्स,तेल -१० लिटर,नून १० पकेट,सोया मस्यौरा १ बोरा साथै नगद रू पाँच हजार र ३ बोरा बच्चाको लगाउने लुगा सहयोग गर्‍यो । समाजसेवी अशोक के. सी, जनक बर्तौला मार्फत हस्तान्तरण गरिएको थियो ।

१६ अप्रिल २०२०,बैशाख ४,२०७७ । कंचनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं ४ मा दलित तथा मजदुरका १६० घरपरिवारलाई राहत बितरण गरिएको छ । २५ किलो चामल ,१ किलो दाल र १ किलो नुन राहत स्वरुप बितरण गरिएको हो ।

१९ अप्रिल २०२०, बैशाख ७ २०७७ । पाल्पा जिल्ला रिब्दिकोट गाउँ पालिका वडा नं.४ स्थित अति विपन्न १३ घरधुरीमा बसोबास गर्ने गन्धर्व र सुनार परिवारलाई राहत बितरण गरिएको छ ।
प्रति परिवार २५ किलो चामल,१ किलो दाल,१ किलो नुन,१ लिटर तेल,नुहाउने सावुन १ गोटा,कपडाधुने साबुन १ गोटा, सलाई १ प्याकेट बिरतण गरेको हो ।

२१ अप्रिल २०२०,बैशाख ९ २०७७ । पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका वडा–५, महुवनमा २० घरधुरीलाई खाद्यान्न राहत वितरण गरिएको छ ।
प्रती परिवार चामल २५ किलो ,दाल १ किलो ,खाने तेल १ लिटर ,आलु १ केजी नुन १ केजी , मसला( मार्चां धनिया) १०० ग्राम , सलाई माचिस १, नुहाउने साबुन १, कपडा धुने साबुन १ वितरण गरिएको छ ।


२४ अप्रिल,२०२० बैशाख १२,२०७७ । लकडाउनको कारण काठमाण्डौंमा अप्ठ्यारोमा परेका बिभिन्न संचार माध्यममा काम गर्ने श्रमजिवी ३१ जना पत्रकारहरुलाई राहत बितरण गरिएको छ ।
२५ किलो चामल,१ लिटर तेल,१ कार्टुन चाउचाउ,१ केजी नुन,१ केजी दाल,१ केजी सोयाबिन,१ बट्टा हेन्डसेनिटाइजर,१ प्याकेट मास्क (५०) र १ प्याकेट भुजा राहत बितरण गरिएको हो ।


२४अप्रिल,२०२० बैशाख १२,२०७७ । दुर्गम पहाडी जिल्ला बाजुराको बुढिनन्दा नगरपालिका वडा नं.१ थिमिचौरमा बसोबास गर्ने ७ घरधुरी मुक्त हलिया परिवारलाई राहत बितरण गरिएको छ ।
चामल ४० किलो,दाल १ किलो,चिनी १ किलो,चियापत्ती एक पकेट,तेल १ लिटर,सलाई १ पकेट,नुन १ किलो,मस्यौरा १ किलो,आलु १ किलो राहत बितरण गरिएको हो ।

२८अप्रिल,२०२० बैशाख १६,२०७७ । किङ कम क्लब भिमसेन गोला बानेश्वर लाई १०० किलो चामल बितरण ।

४ मे,२०२० बैशाख २२,२०७७ । भक्त विवि हेल्पिङ हेण्ड्स फर हुमेनिटीको सहयोग र श्री बहादुर खडक स्म्रती प्रतिस्थानको सकृयतामा अ.न.पा ६ छ्चोडा गाउँ का २८ वटा परिवार लाई १० किलो चामल , १ किलो दाल , १ पोका खाने तेल , १ किलो नुन का दरले निसुल्क राहत प्रदान ।

५ मे,२०२० बैशाख २३,२०७७ । भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटी सहयोग र गौरीटाप धार्मिक पिठका समरक्षक (लौरेश्वर बाबा) सोलखुम्बुको समन्वयमा अती बिपन्न २० घरपरिवारलाई राहत बितरण गरिएको छ । राहत स्वरुप १५ किलो चामल,१किलो दाल,१ लिटर तेल,२ बट्टा सलाई,हात धुने साबुन एक प्याकेट, बितरण गरिएको हो ।


५ मे,२०२० बैशाख २३,२०७७ । डडेल्धुरा जिल्ला अमरगढि नगरपालिका वडा नं ७ पोखरा मा रहेको बेथस्ता आनाथालय मा रहेका १० जना आनाथ बाल बालिका र ती बालबालिकाहरुको रेखदेख गर्ने ५ जना गरि जम्मा १५ जनालाई भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटी को सहयोग र श्री बहादुर खडक स्मृति प्रतिस्थानको सकृयतामा १०० किलो चामल , १० किलो दाल , १० किलो नुन , ५ लितर खाने तेल, १० नुहाउने सावन , १० लुगा धुने सावन बितरण गरियो ।


६ मे,२०२० बैशाख २४,२०७७ । भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटीको सहयोग र श्री बहादुर खडक स्म्रती प्रतिस्थानको सकृयतामा डडेलधुरा बस्दै आएका ३ महिला श्रमिक लाई १० किलो चामल , १ किलो दाल , १ किलो नुन , १ लिटर तेल का दरले निसुल्क राहत प्रदान गरियो ।


६ मे,२०२० बैशाख २४,२०७७ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँ पालिका वडा न ३ मा रहेको स्यामासिङ,ओखरेनी र त्यान्दाली का १०५ घर परिवारलाई राहत प्रति परिवार १० किलो चामल र १ केजी नुन पोका बितरण गरिएको छ ।


६ मे,२०२० बैशाख २४,२०७७ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँ पालिका वडा न ३ मा रहेको स्यामासिङ,ओखरेनी र त्यान्दाली का १०५ घर परिवारलाई राहत प्रति परिवार १० किलो चामल र १ केजी नुन पोका बितरण गरिएको छ ।


८ मे,२०२० बैशाख २६,२०७७ । भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटीको सहयोग र श्री बहादुर खडक स्म्रती प्रतिस्थानको सकृयतामा डडेलधुरा जिल्ला अनपा वडा नं ९ तुफानडाडामा रहेका दलित तथा बिपन्न परिवारका १५ घरपरिवारलाई १० किलो चामल ,१ किलो दाल,१ पोका खाने तेल,१ किलो नुन बितरण गरिएको छ ।


८ मे,२०२० बैशाख २६,२०७७ । भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटीको सहयोग र श्री बहादुर खडक स्म्रती प्रतिस्थानको सकृयतामा डडेलधुरा जिल्ला अनपा वडा नं ९ तुफानडाडामा रहेका दलित तथा बिपन्न परिवारका १५ घरपरिवारलाई १० किलो चामल ,१ किलो दाल,१ पोका खाने तेल,१ किलो नुन बितरण गरिएको छ ।


१२ मे,२०२० बैशाख ३०,२०७७ । भक्त विवि हेल्पिङ हेण्ड्स फर हुमेनिटीको सहयोग र राष्टिय दलित पत्रकार संघ नेपाल,जागरण मिडिया सेन्टर,बुटवल स्थित न्यू फेमस टेर्लस र अन्य केही व्यक्तिहरुको सहयोग र समन्वयमा रुपन्देहीका क्रियाशिल दलित तथा अन्य केही सञ्चारकर्मी गरि ३५ जनालाई राहत बितरण गरिएको छ ।
७० हजार बराबरको राहत स्वरुप राहत स्वरुप २५ केजी चामल, २ किलो चना, एक केजी दाल र एक लिटर तेल प्रदान गरिएको हो ।


१२ मे,२०२० बैशाख ३०,२०७७ । भक्त विवि हेल्पिङ हेण्ड्स फर हुमेनिटीको सहयोग र राष्टिय दलित पत्रकार संघ नेपाल,जागरण मिडिया सेन्टर,बुटवल स्थित न्यू फेमस टेर्लस र अन्य केही व्यक्तिहरुको सहयोग र समन्वयमा रुपन्देहीका क्रियाशिल दलित तथा अन्य केही सञ्चारकर्मी गरि ३५ जनालाई राहत बितरण गरिएको छ ।
७० हजार बराबरको राहत स्वरुप राहत स्वरुप २५ केजी चामल, २ किलो चना, एक केजी दाल र एक लिटर तेल प्रदान गरिएको हो ।

१२ मे,२०२० बैशाख ३०,२०७७ । हेल्प नेपाल नेटवर्क र भक्त बिबि को सहकार्यमा महोत्तरी जिल्ला पिपरा गाउँपालिका वडा नं.७ बनौली दनौलीको तत्मा टोल, मुसहर टोल, मुस्लिम टोल, बाहुन टोल, दास टोल,लोहार टोल र धानुक टोलका ३१५ घरपरिवारलाई राहत बितरण गरिएको छ ।
प्रति परिवार राहत स्वरुप १५ किलो चामल र १ किलो नुन बितरण गरिएको हो ।


१३ मे,२०२० बैशाख ३१,२०७७ । भक्त विवि हेल्पिङ हेण्ड्स फर हुमेनिटीको सहयोगमा डडेल्धुरा जिल्ला अजयमेरु गाउपालिका वडा न १ अवस्थित ८ वटा गाउँ खतेडा, बचकोट का आर्थिक रुपमा कमजोर, अपाङ्ग,एकल महिला र दलित परिवारलाई चामल,दाल,नुन,तेल राहत बितरण गरियो ।

२८ मे,२०२० जेठ १५,२०७७ । भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटीको सहयोगमा सुर्खेत जिल्ला लेकवेशी नगरपालिका वडा नं.७ का प्रदीप राजी कि ८ वर्ष कि छोरी यहि जेठ १२ गते बिहान १० बलात्कारको शिकार भएकी बालिकाको घरमा राहत सहयोग स्वरुप एकबोरा चामल, पाँच किलो आलु, दुई किलो नुन, दुई किलो दाल, दुई लिटर खाने तेल, आधा किलो मस्यौरा, एक पकेट (१०पिस) सलाई, दस १० पकेट पार्लेजी बिस्कुट, दुईटा नुहाउने साबुन र दुई वटा कपडा धुने साबुन वितरण गरिएको छ ।

२९ मे,२०२० जेठ १६,२०७७ । भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटीको सहयोग र बहादुर खडक स्मृति प्रतिष्ठान डडेल्धुराको सक्रियतामा गन्यापधुरा गाँउपालिकाले बनाएका कोरेन्टाईन भित्र बसेका दाजु भाईहरुका लागि २ कुन्टल चामल,१४ केजि दाल,८ लिटर तेल, १५० पिस मास्क , २२० पिस नुहाउने साबन गाँउपालिका अध्यक्ष श्री नबल बहादुर मल्ल ज्यु मार्फत कोरेन्टाईनमा हस्तान्तरण गरियो ।

जन चेतना तथा स्वास्थ्य समाग्री बितरण
२५अप्रिल,२०२० बैशाख १३,२०७७ । काभ्रे जिल्लामा कोरोना रोग संक्रमण बारे जनचेतनामुलक कार्यक्रम गरी २०० घरपरिवारलाई प्रति परिवार ३ वटा हातधुने डिटोल साबुन र २ वटा लुगा धुने साबुन बितरण गरिएको हो ।

१२ मे,२०२० । २०७७ बैशाख ३० । भक्त विवि हेल्पिङ हेण्ड्स फर हुमेनिटीको सहयोग र पशुपतीटोल निवासी दलित साहित्य सोपानका अध्यक्ष एवं.सामाजिक अभियान्ता गणेश नेपालीको पहल र श्री बहादुर खडक स्मृति प्रतिष्ठानको समन्वयमा धनगढी उपमहानगरपालिका वडा नं.१ पशुपतीटोल निवासी ५० बर्षिय पुरुष मुटु रोगी र ७३ बर्षिया महिला ब्लड प्रेसरको रोगी लाई एक महिनाको लागि निशुल्क औषधी बितरण गरिएको छ ।

१६ मे,२०२० जेठ ३,२०७७ । भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटी सहयोग र श्री बहादुर खडक स्मृर्ति प्रतिष्ठानको सहकार्यमा डडेल्धुरा सदरमुकाम स्थित अमरगढी नगरपालीका वडा नं ५ तुफानडांडा चोकमा रहेको प्रहरी बिटका लागि १ सेट पानीजार, सेनिटाईजर, हेन्डवास साबुन र हेन्ड ग्लोब बितरण गरिएको छ ।

२१ मे,२०२० जेठ ८,२०७७ । भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटीको सहयोगमा श्री बहादुर खडक स्मृर्ति प्रतिष्ठान र नेपाल प्रहरीको समुदाय साझेदारी कार्यक्रम अन्तरगत कोरोना बारे सचेतना गराउने होडिङ बोर्डहरु लगाईएको छ । त्यस्तै डडेल्धुराको सदरमुकाम बागबजार परिषरमा र जिल्लाको अजयमेरु गाउँपालीका वडा नं १ अनारखोलीमा रहेको प्रहरी चेक पोष्ट नजीक होर्डिङ बोर्ड राखिएको हो ।

निःशुल्क भोजन ब्यबस्था

२७ अप्रिल,२०२० बैशाख १५,२०७७ । भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटी र तेस्रो आँखा युवा क्लबको सकृयातामा नयाँ बानेश्वर क्षेत्र वरपर अप्ठ्यारोमा परेका ब्यक्तीहरुलाई दैनिक एक छाक निःशुल्क भोजन बितरण गरियो । यसरी प्रत्येक दिन १००० प्याकेटका दरले काब्य स्कुलको प्रांगणमा १६ दिन सम्म १६ हजार प्याकेट निशुल्क भोजन बितरण गरियो ।

४ मे,२०२० बैशाख २२,२०७७ । भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटी र त्रिबेणी युवा क्लब को सकृयातामा अनामनगर क्षेत्र वरपर अप्ठ्यारोमा परेका ब्यक्तीहरुलाई दैनिक एक छाक निशुल्क भोजन बितरण गरिएको छ । यसरी प्रत्येक दिन ६५० प्याकेटका दरले २९ दिन (१ जुन २०२० । १९जेठ,२०७७ ) ८,८५० प्याकेट निशुल्क भोजन बितरण गरेको छ । यस क्षेत्रमा हाल पनि निरन्तर बितरण भैरहेको छ ।

४ मे,२०२० बैशाख २२,२०७७ । भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटी र बानेश्वर एकता समाज, छक्कुबक्कु संरक्षण समिति, श्री रत्न पुस्तकालय, आनन्द ईभेन्टस्, श्री पन्चकुमारी समाज, बुद्धनगर एकता टोल विकास समितिको सक्रियतामा निशुल्क भोजन बितरण गरिएको छ ।
१३ दिन सम्म संचालित उक्त क्षेत्रमा कुल ५,२०० प्याकेट भोजन वितरण गरिएको छ ।

४ मे,२०२० बैशाख २२,२०७७ । भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटीको सहयोगमा नव ज्योति युवा परिवार युवा क्लब र नेपालय एजुकेशन फाउण्देशन सकृयातामा का म नपा वडा न १४ कलंकीमा निशुल्क भोजन बितरण गर्‍यो । यसरी १३ दिन सम्म २ हजार ६ सय प्याकेट खाना बितरण गरिएको थियो ।

५ मे,२०२० बैशाख २३,२०७७ । भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटी र कृतिपुर निवासी नबिन श्रेष्ठ,रबिन्द्र महर्जन बिनोद महर्जन सकेश महर्जन कृष्ण श्रेष्ठ,सुधिर महर्जन को सकृयातामा कृतिपुर क्षेत्र वरपर अप्ठ्यारोमा परेका ब्यक्तीहरुलाई दैनिक २ छाक निशुल्क खाना बितरण गरिएको छ । राहतका लागि भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटी बाट सहयोग स्वरुप ५० हजार नगद प्रदान गरिएको थियो । यसरी प्रत्येक दिन १७ सय प्याकेटका दरले ३७ दिन सम्म ६२,९०० प्याकेट निशुल्क भोजन बितरण गरिएको छ ।


२३ मे,२०२० जेठ ८,२०७७ । भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटीको सहयोगमा सत्य साई (रानी) केन्द्र बिराटनगर र बिराटनगर महानगर पालिका वडा नं १४ को समुन्वयनमा निस्शुल्क भोजन बितरण गरेको छ । २ दिन सम्म बितरण गरिएको सो केन्द्रमा २३० प्याकेट भोजन बितरण गरिएको हो ।


२६ मे,२०२० जेठ १३,२०७७ । भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटीको र बिराटनगर ( १४ नम्बर वार्ड भगवती टोलका युवाहरू र स्थानिय को सहयोगमा ३८० जना बिपन्न परिवारका सदस्यहरुलाई २ दिन निशुल्क भोजन बितरण गरेको छ ।

३१ मे,२०२० जेठ १८,२०७७ । भक्त बी बी हेल्पिङ हेण्डस् फर ह्युमानिटीको सहयोगमा कंचनपुर जिल्लाको भिमदत्त नगरपालिकाको गड्डा चौकी नाका हुँदै भारतबाट नेपाल भित्रनेहरुलाई निशुल्क प्रति प्याकेट चाउचाउ बितरण गरिएको छ ।

धनगढीमा हाल ५९ बेडको क्वारेन्टाइन संचालन मा रहेको छ । साथै डडेल्धुरामा ९ जिल्ला का लागि आएका यात्रीहरु लाई निशुल्क खाना को ब्यवस्था संचालनमा ल्याएको पनि संस्थाका सदस्य तेज बहादुर भण्डारी ले बताए ।

सुदुरपच्चिमको डडेल्धुरा जिल्लामा श्री बहादुर खडक स्‍मृति प्रतिष्ठानको सहकार्यमा बिशेष राहत निशुल्क भोजन सहयोग गरेको छ । हेर्नुह्स कहाँ के के गर्‍यो :-

भक्त बीबी हेल्पिङ हेण्डस् फर ह्युमनिटीको सहयोग र श्री बहादुर खडक स्मृति प्रतिष्ठान को सकृयातामा जेठ १८ गते देखी भारतको बिभिन्न स्थान बाट आउने र डडेलधुराको क्वेरन्टाइनमा रहेका नागरिकहरुलाई निशुल्क भोजन बितरणको ब्यवस्था गरेको छ ।

१४ मे २०२० । २०७७ जेठ १ गते । भक्त बीबी हेल्पिङ हेण्डस् फर ह्युमानेटीको सहयोग र श्री बहादुर स्मृति प्रतिष्ठान को सकृयतामा डडेल्धुरामा अलपत्र पतेका भारतीय नागरिकलाई राहत बितरण गरेको छ । डडेल्धुरा आई सिरकडसना बनाउने,ग्यासबनाउने, कपाल काट्ने तथा फलफुल बिक्री गर्ने जस्ता ब्याबशाय गर्दे आएका ५वटा भारतीय नागरीकका परिवार लाई आवस्यकता अनुसार संख्या हेरी चामल,दाल,तेल आदि बितरण गरिएको भण्डारीले बताए। यस बाहेक केहि स्थानीयहरु लाई पनी राहत बितरण गरिएको छ ।

२६ मे २०२० । २०७७ जेठ १३ गते । डडेल्धुराका कोरोना सक्रमितलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ। शुक्रबार स्वाब संकलन गर्दा कोरोना पोजेटिभ देखिएका उनलाई भक्तबिबि हेल्पीङ ह्याण्ड्स फोर ह्युमिनिटि नामक संस्था र श्री बहादुर खडक स्मृर्ति प्रतिष्ठानको सहकार्यमा चप्पल, साबुन, मास्क सेनिटाईजर लगाएतका सरसफाई सामाग्री सहयोग गरेको हो ।

२९ मे २०२० । २०७७ जेठ १६ गते । भक्त बीबी हेल्पिङ हेण्डस् फर ह्युमानेटीको सहयोग र श्री बहादुर स्मृति प्रतिष्ठान को सकृयतामा राती ९ बजे भारतबाट आउनु भएका दाजु भाइलाई खाजामा चाउचाउ वितरण गरियो । अमरगढी नगरपालीका वडा नं(५ मा रहेको डडेल्धुरा बहुमुखी क्यामपसमा शुक्रबार राती पुगेका जिल्लाका बिभिन्न क्षेत्रका नागरीकहरुलाई खाजा बितरण गरी सहयोग गरेको हो ।

३१ मे २०२० । २०७७ जेठ १८ गते । भक्त बीबी हेल्पिङ हेण्डस् फर ह्युमानेटी को सहयोग र श्री बहादुर स्मृति प्रतिष्ठान को सकृयतामा रेडक्रस सोसाइटीका कर्मचारी र पदाधिकारीहरुलाई १५ वटा एन के ९५ मास्क बितरण गरेको छ ।

३ जुन २०२० । २०७७ जेठ २१ गते । जेठ १८ देखी २१ गते सम्म भारतबाट आउनु भएका यात्रीहरुलाई शिक्षा क्याम्पस डडेलधुरामा पहिलो दिन २०० जना , दोस्रो दिन १५० जना , तेस्रो दिन ८० जना र चौंथो दिन १०० जना गरि रात्रीको खाना निशुल्क बितरण गरेको हो ।

४ जुन २०२० । २०७७ जेठ २२ गते । भक्त बीबी हेल्पिङ हेण्डस् फर ह्युमानेटी को सहयोग र श्री बहादुर स्मृति प्रतिष्ठान को सकृयतामा भारतको सिमाना गौरिफन्टा र बनबासा नाकाबाट भित्रिने बझाङ , बैतडी ,बाजुरा, आछाम ,डडेलधुरा , डोटी जिल्लाका नागरिकहरुलाई डडेल्धुरा सम्म पुग्नका लागि निशुल्क बसको ब्यवस्था गरेको छ ।

५ जुन २०२० । २०७७ जेठ २३ गते । डडेलधुरा शिक्षा क्याम्पसका कोठाहरुमा सेनिटाइज गरि भारतबाट आउनु भएका दाजु तथा दिदी बहिनिहरु लाई बस्ने बेबस्था मिलाइ २ थान कम्बल र २ थान त्रिपाल पनि हस्तान्तरण ।

८ जुन २०२ । जेठ २६ ,२०७७ । भक्त बीबी हेल्पिङ हेण्ड्स फर ह्युमानेटी तेस्रो आँखा युवा क्लब र नेपाल जापान गितु संस्थाको सहयोग र युवा अपाङ्ग संगठन नेपालको सकृयतामा लकडाउनका कारण खान बस्न समस्या भएका गोकर्णेश्वर नपा वडा नं ६ मा रहेका अपाङ्ग अशक्त र विभिन्न विपन्न ४० घर परिवार लाई राहत बितरण गरेको छ ।

१० जुन २०२० । २०७७ जेठ २८ गते । बझाङ , बैतडी ,बाजुरा, आछाम ,डडेलधुरा , डोटी जिल्लाका भारतबाट आउने नागरिकहरुलाई स्याउले ट्राफिक चेक पोस्ट र डडेलधुरा बहुमुखी क्याम्पसमा २५० जनालाई निशुल्क भोजन बितरण ।

१० जुन २०२० । २०७७ जेठ २८ गते । अमरगढी ६ दुमडामा क्वारेन्टाइन बसेका मानिसहरुलाइ निशुल्क राहत बितरण गरेको छ ।

११ जुन २०२० । २०७७ जेठ २९ गते । अमरगिढ नगरपालिका वडा न. ६ दुमडा श्री गणेशमान प्रा . बि . क्वारेन्टाइन मा बसेका २७ जना लाई चामल १५० के. जि., १० के.जि. दाल, तेल ५ लिटर , नुन ५ के.जि. , लुगा धुने सावन १० , नुहाउने सावन १० गरि निसुल्क राहत प्रदान गरियो ।

११ जुन २०२० । २९ जेठ २०७७ । भक्त बी बी हेल्पिङ हेण्ड्स फर ह्युमानेटीको सहयोग र श्री बहादुर खडक स्मृति प्रतिष्ठानको सकृयातामा बझाङ , बैतडी ,बाजुरा, आछाम ,डडेलधुरा , डोटी जिल्लाका भारतबाट आउने नागरिकहरुलाई स्याउले ट्राफिक चेक पोस्ट र डडेलधुरा बहुमुखी क्याम्पस मा गरि ३०० जना लाई भोजन गरायो ।

१२ जुन २०२० । ३० जेठ २०७७ । भक्त बी बी हेल्पिङ हेण्ड्स फर ह्युमानेटीको सहयोग र श्री बहादुर खडक स्मृति प्रतिष्ठानको सकृयातामा अमरगढी नगरपालिका वडा नं ६ को दुमडा गाउमा रहेको श्री गणेश प्राबिको क्वारेन्टाईनमा रहेका २७ जनालाई डेढ कुण्डल चामल, १० केजी दाल, ५ लिटर तेल, नुहाउने साबुन १० वटा र लुगाधुने साबुन १० वटा सहयोग गरेको छ ।

१२ जुन २०२० । ३० जेठ २०७७ । भक्त बी बी हेल्पिङ हेण्ड्स फर ह्युमानेटीको सहयोग र श्री बहादुर खडक स्मृति प्रतिष्ठानको सकृयातामा बझाङ , बैतडी ,बाजुरा, आछाम ,डडेलधुरा , डोटी जिल्लाका भारतबाट आउने नागरिकहरुलाई स्याउले ट्राफिक चेक पोस्ट र डडेलधुरा बहुमुखी क्याम्पस मा गरि १५० जना लाई भोजन गरायो ।

१४ जुन २०२० । १२ जेठ ,२०७७ । नेप्लीज अक्सफोर्डशाइर सहयोगमा भक्त बीबी हेल्पिङ हेण्डस् फर ह्युमानिटी र श्री बहादुर खडक स्मृति प्रतिष्ठानको सक््िरmयतामा बझाङ , बैतडी ,बाजुरा, आछाम , डोटी जिल्लाका भारतबाट आउने नागरिकहरुलाई स्याउले ट्राफिक चेक पोस्टमा २४० जनालाई भोजन गरायो ।

१५ जुन २०२० । १ असार २०७७ । भक्त बी बी हेल्पिङ हेण्ड्स फर ह्युमानेटी को सहयोग र श्री बहादुर खडक स्मृति प्रतिष्ठान को सकृयतामा बझाङ , बैतडी ,बाजुरा, आछाम , डोटी जिल्लाका भारतबाट आउने नागरिकहरुलाई स्याउले ट्राफिक चेक पोस्टमा २०० जना यात्रुहरुलाई निशुल्क भोजन गराएको छ ।

१६ जुन २०२० । २ असार २०७७ । लकडाउनको बेला काठमाण्डौमा भक्त बीबी संस्था सँग मिलेर सक्रिय रुपमा काम गर्दै आउनु भएका स्वंयम सेवकहरु र परिवारका सदस्यहरु लाई गरी एक हजार पिस एन ९५ (N95) बितरण गरेको छ ।

१६ जुन २०२० । २ असार २०७७ । भक्त बी बी हेल्पिङ हेण्ड्स फर ह्युमानेटी को सहयोग र श्री बहादुर खडक स्मृति प्रतिष्ठान को सकृयतामा बझाङ , बैतडी ,बाजुरा, आछाम , डोटी जिल्लाका भारतबाट आउने नागरिकहरुलाई स्याउले ट्राफिक चेक पोस्टमा २४० जना यात्रुहरुलाई निशुल्क भोजन गराएको छ ।

हाल डडेल्धुरामा निशुल्क भोजन , धनगढीमा क्वेरन्टाइन र धनगढीबाट डडेल्धुरा सम्म निशुल्क बस संचालमा रहेका छन ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv