तराइबाट प्रधानमन्त्रीलाई बेसार, लसुन र अदुवा उपहार

सप्तरी, असार २ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध स्वरुप लसुन, अदुवा र बेसार उपहार पठाइएको छ । कोरोना रोकथामका लागि प्रभावशाली काम गर्नुको साटो संसदमा रोगप्रतिरोधात्मक क्षमता ९इम्युनिटी पावर० बढाउन लसुन अदुवा र बेसार खानुस् भनेर सुझाव दिएको भन्दै विरोध स्वरुप त्यस्तो उपहार पठाइएको छ ।

सप्तरीवाट प्रधानमन्त्रीलाई यस्तो उपहार पठाइएको हो । जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत राष्ट्रभक्त आम नेपाली जनताका नाममा उक्त सामग्री पठाइएको जनाइएको छ ।

विश्व कोरोना भाइरसको महामारीसँग जुँधिरहेको र नेपालले समयमै व्यवस्थापनको ध्यान नदिएपनि प्रधानमन्त्री ओलीले संसदमा इम्युनिटी बढाउन अदुवा बेसार र लसुन खान प्रेरित गरेको भन्दै प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै यी सामग्री पठाइएको उल्लेख गरिएको छ । उनीहरुले ब्याग्यात्मक रुपमा प्रधानमन्त्रीको उक्त कदमको विरोध गरेका छन् ।

११ जनाले सामूहिक हस्ताक्षर गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई उपहार पठाइएको छ । हस्ताक्षर गर्नेमा सुनिताकुमारी साह, मानती सदा, पुष्पा स्वर्णकार, प्रमिला मण्डल, उर्मिला साह, रामकृष्ण रजक, उपेन्द्र साह, सिघेश्वर साह, विजय साह, अर्जुन यादव र सञ्जीव दासले हस्ताक्षर गरेका छन्।

कोरोना रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै केही दिन यता सडकमा पनि प्रदर्शन जारी छ । पिसिआर परिक्षणका नाममा ठूलो लगानी खेर गएको, क्वारेन्टिन ब्यवस्थापन ठिक नभएको भन्दै विरोध गरिएको छ । कोरोना रोकथामका नाममा भ्रष्टाचार भएको भन्दै सरकारले लगानी भएको भनिएको १० अर्व रुपैयाको हिसाव मागिएको छ ।

काठमाडौंको बालुवाटारवाट सुरु भएको विरोध प्रदर्शन अहिले मुलुकका अन्य शहरमा पनि फैलिएको छ । अनौठा स्लोगन लेखेका ब्यानर र पर्चा बोककोहरुको प्रदर्शनले अहिले सामाजिक सञ्जालमा राम्रो ठाउँ पाइरहेको छ । मुखुण्डो लगाएका युवाहरु प्लेकार्ड वोकेर सडकमा निस्कने गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv