चीनमा फेरी एकाएक कोरोना संक्रमित बढ्दै बेइजिङका आन्तरिक उडान र रेलसेवा रद्ध

चीन,असार ३ । चीनको केन्द्रिय राजधानी बेइजिङ्मा कोरोनाभाइरस विरुद्धको ल डाईलाई फेरी सशक्त बनाउन लागेको छ । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो । उच्च सतर्कता अपनाउने क्रममा बेइजिङ्मा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्ध गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद्ध भएका हुन् ।

बेइजिङ्मा अहिलेसम्म ९० हजार जनाको कोरोना परिक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् । बेइजिङ्बाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखिनै बन्द हुदै आएको थियो । त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

त्यसैगरी राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ । टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाई छ । बुधबारदेखि माध्यामिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई अनलाईन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ । कलेजका शंकास्पद विद्यार्थीहरुलाई भने कलेजमै फिर्ता गरिएको छ । बेइजिङ्का सार्वजनिक स्थलहरुमा आवत जावत गर्न पनि कडाई गरिएको समाचारमा जनाइएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv