यो युद्धभुमि म अनि मेरी उनी…….!
निसास्सिएको छु म, छट्पटिएको छु म,
एक्लै मरुभुमीमा ढलिरहेको छु म ।
बैरीका निसानाबाट
चुकेका बन्दुकका गोलीहरु
यत्र तत्र छरिएका छन ।
आलो रगतको आहल,
जीवन र मृत्युको दोसाँधमा
चित्कार गरिरहेका
ती कारुँरिक स्वरहरु हरे शिव !
म अत्तालिएको छु
म फर्कन चाहन्छु
मेरो आफ्नै नयाँ संसारमा ।
आउनु अघि कसैलाई बाचा दिएको सम्झना आइ रहेको छ ।
सायद उनी मेरो प्रतिक्षामा
दिनहुँ पिंढिमा बसेर मेरो बाटो कुरि
रहेकी होलिन।
मेरो आगमनको
मेरो सुखद फिर्ती सवारीको ।
अवस्य, मैले बैरी
मात्र होइन मृत्युलाई नै जित्ने छु
किन कि मेरो प्राण पखेरु
अब मेरो नभै कसैको नासो हो ।
केही घुट पानीको पिउँदै
मेरो निसाना निरन्तर बैरिको नजरमा ….।
रतन चन्द