डब्लुएचओ : संसार ‘नयाँ र खतरनाक चरणमा’
एजेन्सी,असार ६ । संसारमा कोरोना भाइरसको महामारी फेलिँदै गएसंगै विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको चेतावनी दिएका छन् । गत बिहीबार अहिले सम्मकै बढी संख्या १ लाख ५० हजार नयाँ कोरोना सं’क्रमि’त फेला परेका छन्।
यतिखेर संसारभरिमा ८५ लाख ६९ हजार ९६२ जना सं’क्रमि’त भइसकेको छन् भने तीमध्ये ४ लाख ५७ हजार ३८८ जनाको मृ’त्यु भइसकेको जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनको तथ्यांकले जनाएको छ । हालसम्म सबैभन्दा बढी संक्रमित अमेरिकामा २२ लाख १५ हजार ५८७ छन् भने मृ’त्यु हुनेको संख्या पनि अमेरिकामा नै सबैभन्दा बढी एक लाख १८,९९१ जना पुगिसकेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमित नौं लाख ७८ हजार १४२ जना छन् भने त्यसपछि रुसमा ५ लाख ६८ हजार २९२ जना छन् । चौथो नम्बरमा भारत पर्छ जहाँ अहिलेसम्म ३ लाख ८० हजार ५३२ जना सं’क्रमि’त भइसकेका छन् ।
यही सं’क्रम’णका कारण सबैभन्दा बढी मृ’त्यु हुनेहरुमा दोस्रो नम्बरमा ब्राजिल पर्छ । त्यहाँ ४७ हजार ५४६ जनाको मृ’त्यु भइसकेको छ । त्यस्तै रुसमा ७ हजार ८३१ जनाको यही सं’क्र’म’णका कारण मृ’त्यु भइसकेको छ भने भारतमा मृ’त्यु हुनेहरुको संख्या १२ हजार ५७३ पुगेको छ ।
वर्ल्डोमिटरको तथ्यांकअनुसार, जुन असार ६ गते बिहान ४ बजेसम्ममा संसारभरिमा ८७ लाख ३४ हजार ९७२ जना सं’क्रमि’त भइसकेका छन् भने ४ लाख ६१ हजार ५०४ जनाको मृ’त्यु भइसकेको छ । सं’क्रमि’तहरुमध्ये ४६ लाख १५ हजार ९९५ जना निको पनि भइसकेका छन् ।
यसैगरी हाल सक्रिय सं’क्रमि’तहरु ३६ लाख ५७ हजार ४७३ जनामध्ये ९९ प्रतिशत (३,६०२,६८७ जना) को अवस्था सामान्य छ भने १ प्रतिशत (५४,७८६० जना) को अवस्था मात्रै गम्भीर छ । यसबीच विश्व खाद्य संगठनले महामारीका लागि अत्यावश्यक सामग्रीहरुको ढुवानीका लागि आकस्मिक रकमको अभाव हुँदै गइरहेको जनाएको छ । सो रकमको अभावमा विश्वका १३२ राष्ट्रहरुमा महा’मा’रीमा अत्यावश्यक मास्क, ग्लोभ र अरु अतयावश्यक चिकित्सीय सामग्रीहरु आगामी जुनको तेस्रो हप्तासम्ममा पुर्याउन कठिन हुने जनाएको छ । एजेन्सी