नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि,कोरोनाभाइरस संक्रमितको संख्या ९५६१पुग्यो

काठमाण्डौं,असार ८ । पछिल्लो परीक्षणमा नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा अयोजित पत्रकार सम्मेनलमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९५६१ पुगेको छ। संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् भने २३ जनाले ज्यान गुमाएका छन्।

यस्तै थप ३७० जना निकाे भएर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुने संख्या २१४२ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । सरकारले पछिल्लो समय दैनिक १० हजार स्वाबको परीक्षण गर्ने गरी तयारी थालेको छ। अहिलेसम्म पिसिआर प्रविधिबाट १ लाख ८१ हजार ३ सय जनाको स्वाब परीक्षण भइसकेको छ। नेपालमा अहिले रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिए।

त्यस्तै ललितपुरमा थप एक जनामा कोरोना भाइरस (कोभिड– १९)को संक्रमण भएको पुष्टि भएको छ । अफगानिस्तानमा काम गरेर फर्किएकी ४१ वर्षीय महिलामा कोभिड–१९ पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । योसँगै जिल्लामा कोभिड–१९ संक्रमितको संख्या ६ पुगेको कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले जानकारी दिए ।

उनका अनुसार तीन दिनअघि अफगानिस्तानबाट फर्किएर आफ्नै खर्चमा होटलमा क्वारेन्टिनमा बसेकी ती महिलामा गरिएको पीसीआर परीक्षणमा नतिजा पोजेटिभ आएको हो । ललितपुर महानगरपालिका घर भएकी ती महिला होटलमा बसेकाले अरूमा संक्रमणको खतरा नदेखिएको कार्यालय प्रमुख डा. गेलालले जानकारी दिए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv