आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्व, देशभर मनाइदै

काठमाण्डौं,साउन १ । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्व, देशभर मनाइदै छ । ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ । सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेतापनि सूर्यको कर्कट राशी(साउने संक्रान्ति) र मकर राशी(माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । आजको दिनदेखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ ।

साउने संक्रान्तिका दिनदेखि हिन्दु धर्मसम्बन्धित परम्पराका चाडहरू भित्रिने भनाई छ । हिन्दु धर्मालम्बीहरूले स्नान, दान, होम, श्राद्धजस्ता धार्मिक कार्यको सुरूवात साउने संक्रान्तिबाट नै हुने गर्छ ।

कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ ।

साउने संक्रान्तिको दिन असारे वर्षात,हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास गरिन्छ । कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीय वनस्पतिहरु बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फ्याँक्ने चलन छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने गरिन्छ । साथै खेती–किसानीमा आधारित ग्रामिण समाजका लागि विशेष दिन । यस दिनलाई ‘लुतो’ फाल्ने र तिउरी लगाउने दिनको रुपमा लिन्छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv