मनसुन सुरु भएपछिको ३० दिनमा ८८ जनाको ज्यान गयो ३५ जना अझै बेपत्ता

काठमाण्डौ,साउन २ । असारको अन्तिम साता नेपाल भर भारी बर्षा भयो यसको प्रत्यक्ष असर पहाडी मध्यपहाडी र तराइका केही जिल्लाहरुमा पर्‍यो । मनसुन सुरु भएपछिको ३० दिनमा ८८ जनाको ज्यान गयो र ३५ जना अझै बेपत्ता छन ।

अहिलेसम्म म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लमजुङ, गुल्मी, झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला बढी प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश–५ का केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो र एक–दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाकी प्रवक्ता वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठले जानकारी दिएकी छिन् ।

 

जल तथा मौसम विज्ञान विभागले यहि श्रावण ५–८ गतेसम्म विभिन्न तटिय क्षेत्रमा पानीको बहाब बढ्न सक्ने हुँदा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै विभागले साउन ४ गते देखि ७ गते सम्म मनसुन न्युन चापिय रेखा नेपालको तराई भूभागको नजिक आउने सम्भावना रहेको हुँदा उक्त ३–४ दिनमा देशका धेरै स्थानहरुमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

विशेष गरी श्रावण ५ देखि ८ गतेसम्म प्रदेश १ र २ प्रदेशमा र साउन ५ देखि ७ गते सम्म प्रदेश ५ र सदुरपश्चिम क्षेत्रका नदीनालाहरुमा पानीको बहाब बढ्न सक्ने उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv