महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त
काठमाण्डौं,साउन ६ । महालक्ष्मी विकास बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा यसअघि बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत सागर शर्मालाई नियुक्त गरेको छ ।
बैंकमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा मिति २०७७ श्रावण ०२ गते बसेको सञ्चालक समितिको निर्णयले शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकले नव नियुक्त कार्यकारी अधिकृत शर्मालाई केन्द्रीय कार्यालयमा आज भव्य कार्यक्रमबीच स्वागत गरेको छ ।
उक्त कार्यक्रममा बैंकका नवनियुक्त कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा आफु तत्पर रहने प्रतिबद्घता जनाए ।
नवनियुक्त अधिकृत शर्माले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह समेत गरे ।
उनले बैंकप्रतिको जनविश्वास बढाउँदै गुणस्तरिय सेवा प्रदान गर्नमा सम्पूर्ण बैंक परिवारलाई जुट्न आग्रह गरे ।