नेपालमा पहिलो पटक कोरोनाका कारण विदेशी नागरिकको निधन
काठमाण्डौं,साउन ७ । नेपालमा पहिलो पटक कोरोनाका कारण विदेशी नागरिकको निधन भएको छ । काठमाडौंको टिचिङ अस्पतालमा कोरोनाभाइरसका कारण एक जनाको निधन भएको छ । निधन हुनेमा एक ५८ वर्षीया चिनियाँ महिला रहेकी छिन् । अस्पतालका निर्देशक डा। रोहित पौडेलका अनुसार टिचिङ अस्पतालमा उपचार गराइरहेकी उक्त चिनियाँ महिलाको आज बिहान निधन भएको हो ।
मृ’तक महिलालाई ग्रान्डी अस्पतालमा हुँदा कोरोना पुष्टि भएको थियो। पछि उनलाई ग्रान्डी अस्पतालबाट टिचिङमा ‘रिफर’ गरिएको थियो। अहिले उनको शव अस्पतालमै राखिएको जनाइएको छ । नेपालमा कोरोनाबाट विदेशी नागरिकको निधन भएको यो पहिलो पटक हो ।
नेपालमा कोरोना भाइरसवाठ बुधवार चिनियाँ नागरिकसहित थप २ जनाको निधन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका ६० वर्षीय पुरुषको साउन ६ गते निधन भएको हो । खोकी, उच्च ज्वरु र स्वासप्रस्वासमा समस्या आएपछि उनी साउन २ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका थिए । सघन उपचारकक्षमा उपचारकका क्रममा निधन भएपछि नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा। गौतमले बताए ।
निधन भएकी अर्की चिनिया नागरिक पोखरामा काम गर्दै आएकी थइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि थप उपचारका लागि टिचिङ लगिएकोमा बुधबार निधन भएको हो । यो सँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ४२ पुगेको छ ।