पोखराको फेवातालमा दोस्रो नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभल शुरु

काठमाडौं,पुष १५ गते । पर्यटकीय राजधानी पोखराको फेवातालमा पोखरामा आज देखि दोस्रो नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिभल शुरु भएको छ ।
नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यकासाथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका , नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन वोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएशनको सहआयोजनामा फेस्टिभल शुरु भएको छ ।
गत वर्ष असार ८ र ९ गते (२३–२४ जुन २०२३) मा यो कार्यक्रम आयोजना गरिएकोमा यो वर्ष अंग्रजी नयाँ वर्ष २०२५ को पूर्व सन्ध्यामा ( २०८१ पुस १४ र १५ गते (२९–३० डिसेम्बर २०२४) मा यो कार्यक्रम आयोजना गरिएको हो ।

फेष्टिभल उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने बताउनु भयो । उहाँले खेलका माध्यमबाट विभिन्न देश र समुदायका बीचमा एकता र सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले सुन्दर पोखराको फेवातालमा आयोजित ड्रागन बोट रेस फेष्टिभल दुई देशको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नु भयो । चिनियाँ नगारिकका लागि पोखरा प्रमुख गन्तव्यका रूपमा रहेको उल्लेख गर्दै राजदूत सोङले महोत्सवले पोखरालाई चिन्न र बुझ्न अझै सहयोग पुग्ने बताउनु भयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रकृति, कला र संस्कृतिले सम्पन्न पोखरा पर्यटन राजधानी रहेकाले बृहत् पोखराको अवधारणाका साथ यहाँको पर्यटकीय विकासमा विविध गतिविधि सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो ।

सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रूपमा मनाइने बताउँदै नगरप्रमुख आचार्यले चीनका विभिन्न सहरबाट पोखरामा सिधा उडान सञ्चालनका लागि चिनियाँ सरकारलाई आग्रह समेत गर्नुभयो ।

गण्डकी प्रदेशका समाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा खेल पर्यटनका दृष्टिले पनि सम्भावना बोकेको ठाउँ रहेको उल्लेख गर्दै यो प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्न पनि थप टेवा पुग्ने बताउनु भयो ।

दुई दिने फेस्टिभलमा नेपालका ११, चीनका ८ र सिङ्गापुरको एक गरी २० टीमको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ जना खेलाडी यही पुस ११ गते पोखरा आएका थिए । प्रतियोगितामा प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ । फोटो: प्रदिप राज वन्त



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - archand13@gmail.com
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - newsniatratv@gmail.com

Us on social media

© 2017 Niatratv