गणतन्त्र नै देशको लागि सुन्दर व्यवस्था हो : समाजसेवी धन बहादुर साउद (भिडियो अन्तर्वार्ता)
डडेल्धुरा,चैत ३१ गते। पछिल्लो समय नेपाली राजनीतिमा देखिएको अवस्थाका बारे डडेल्धुराका राजनीतिकर्मी समाजसेवीले फरक मत राखेका छन्।
यहि व्यवस्था मै टेकेर नयाँ नेतृत्व लिई गणतन्त्रलाई संस्थागत गर्न जरुरी रहेको बताएका छन्। नियात्रा टिभी का भिडियो सम्पादक रतन चन्द सँग गरिएको एक कुराकानीमा समाजसेवी धन बहादुर साउद ले “गणतन्त्र नै देशको लागि सुन्दर व्यवस्था हो” बताउनु भएको छ।
एक प्रश्न को जवाफ दिंदै उनले भने -“अहिले जे जस्तो भए पनि जनताको ईच्छा चाहना अनुरुपको काम नभएको कारण आज देशमा अन्य धमिरा किराहरु मौलाएको हो” बताएका छन्। “पाँचौ पटक सम्म देशलाई प्रधानमन्त्री दिएको जिल्ला हो यो त्यसैले यहि व्यवस्थाबाट अहिलेको अवस्थामा डडेल्धुरा ले नयाँ नेतृत्व दिन सक्छ। ” भन्नु भयो हेर्नुहोस भिडियो : –