‘ग्रिन इकोनोमी’का लागि पर्यटन क्षेत्रको ठूलो योगदान : सीईओ जोशी

काठमाडौं,चैत ३० गते । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले ‘ग्रिन इकोनोमी’का लागि पर्यटन क्षेत्रको ठूलो योगदान रहेको बताएका छन् ।

नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको ‘पर्यटन क्षेत्रमा वातावरण प्रदुषणको असर’ शीर्षकको अन्तर्क्रिया कार्यक्रममा बोल्दै वातावरण प्रदुषणका कारण नेपालको सुन्दर छविलाई छोप्नसक्ने जोखिम रहेको बताएका हुन् ।

उनले भने, “पछिल्लो वर्षहरुमा नेपालमा जलवायु परिवर्तनका असरहरू बढ्न थालेका छन् । यसले वायु प्रदुषण हरेक वर्ष बढिरहेको छ । जसले पर्यटन क्षेत्रले नोक्सानी व्यहोर्नुपर्ने स्थिति सिर्जना भएको छ । अन्य निर्माण तथा उद्योगहरुले वायु प्रदुषणका लागि योगदान गरिरहेका छन् । तर, पर्यटन उद्योग मात्र यस्तो हो, जसले ग्रिन इकोनमीका लागि योगदान गरिरहेको छ ।’

नेपालमा जलवायु परिवर्तनका लागि न्युन योगदान भए पनि बढी नोक्सानीको सामना गर्नुपरेको सीईओ जोशीले बताएका छन् । उनले थपे, “अहिले विश्वमा नेपाल प्राकृतिक सुन्दरताको मुलुकको छवि बनाएको छ । तर, पछिल्ला वर्षहरूमा नेपाल बढेको वायु प्रदूषणका कारण सुन्दर मुलुकको छवि छोपिदिएको छ ।”

सीईओ जोशीले सरकारले पनि पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनले भने,”नेपालको जीडीपीमा बढी योगदान गरिरहेको पर्यटन क्षेत्रले १० लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष-अप्रत्यक्ष रोजगार दिएको छ । त्यसकारण सरकारले पर्यटन क्षेत्रबाट अझै लाभ लिनका लागि जलवायु परिवर्तनका जोखिम गराउने, वातावरण प्रदुषणलगायतका पर्यटनलाई असर गर्ने गतिविधि कम गर्दै लैजाने र नीतिगत सुधारतर्फ केन्द्रित हुनुपर्ने देखिन्छ ।”

कार्यक्रममा पर्यटन, वातावरण क्षेत्रका विज्ञ, पत्रकार तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - archand13@gmail.com
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - newsniatratv@gmail.com

Us on social media

© 2017 Niatratv