केपी ओली कप टी २० क्रिकेट जारी लुम्बिनीको पहिलो जित, हिमाल फे्रेन्स शीर्ष स्थानमा

पोखरा,चैत ३१ गते । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको आठौं दिन वर्षाका कारण पहिलो खेल रोकिदा दोस्रो खेलमा लुम्बिनीले जित हासिल गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’ तर्फ शनिबार पहिलो खेल कर्णाली एकेडेमी क्रिके क्लब र हिमाल फ्रेन्ड्स बिच हुने भनिएपनि वर्षाका कारण खेल नहुँदा दुवै टिमले १/१ अंक बाडे । दुवै टिमको समान दुई खेलबाट समान ३/३ अंक रहेपनि नेट रनरेटको आधारमा हिमाल फ्रेन्ड्स अघि रहँदै शीर्षस्थन हासिल गरेको छ ।

उसको १.१८१८ अंक रहँदा कर्णाली ०.८८२४ अंकका साथ दोस्रो स्थानमा रह्यो । दोस्रो खेललाई समेत प्रभाव पारेपछि १९ ओभरमा झारिएको थियो । दोस्रो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले मधेश प्रदेश क्रिकेट क्लबलाई ५ विकेटले हरायो ।

१२९ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १८ ओभरमा ५ विकेट गुमाउँदै १३१ रन बनायो । ओपनर देव खनाल ४३ रनमा बोल्ड भए । उनले २३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । रन्जित खत्रीले ५४ रनको अविजित अर्धशतकीय पारी खेल्दै टोलीलाई जित दिलाए । उनले ४५ बलको सामना गर्दा ५ चौका र २ छक्का प्रहार गरे । मोहम्मद हुसेन १३ रनमा नटआउट रहे । उनले ९ बलमा २ चौका प्रहार गरे ।

प्रज्वल थापा शुन्यमै पेभिलियन फर्र्किए । सन्दिप राजाली १३, निश्चल चौधरी शुन्य, तुलबहदुर थापा ७ मधेशका लागि प्रदिप पासवान र हरिशंकर शाहले २/२ तथा पप्पु यादवले १ विकेट लिए । त्यसअघि टस जितेर व्याटिब थालेको मधेश प्रदेशले १९ ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनायो । प्रदिप पासवान १३ रनमा नटआउट रहे । भने अफु्रदीन रेन ११ रनमा नटआउट रहे । रुपेश सिंहले २८ रन बनाउँदै आउट भए ।

पप्पु यादव १७ रनमा आउट भए । ओपनर हरिशंकर शाह १, रोहन विक १, विशाल सुस्लिब्ग ३, दिपेश दास ९, विशाल पटेल ६, अभिषेक कार्की ४ रनमा आउट भए । लुम्बिनीका लागि अजय कुमार चौहानले ४ ओभरमा २७ रन खर्चदै सर्वाधि ३ विकेट लिए । देव खनालले २ तथा मोहम्मद हुसेन, सन्देश थापा र अभिषेश गौतमले समान १÷१
विकेट लिए । लुम्बिनी जित पश्चात तालिकाको तेस्रो स्थानमा रहेको छ । २ खेलमा १ जित र १ हार व्यहोरेको लुम्बिनीको २ अंक रहेको छ ।

२ खेलमै हार व्यहोरेको मधेश तालिकाको अन्तिममा रहेको छ । बैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भोलि समूह ।।।सी’ को अन्तिम खेलहरु हुनेछन् । जसअनुसार लुम्बिनी खुकुरीले कर्णाली एकेडेमीको सामना गर्नेछ भने मधेश प्रदेशले हिमाल फ्रेन्ड्सको सामना गर्नेछ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - archand13@gmail.com
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - newsniatratv@gmail.com

Us on social media

© 2017 Niatratv