मुटुको भल्ब खराब हुँदा पनि आर्थिक अभावका कारण उपचार गर्न नपाएकी कौरा लोहारको याचना
काठमाण्डौ,९ कार्तिक । ४० बर्षिया कौरा लोहारको मुटुको भल्बमा समस्या छ । बिगत ७ बर्ष देखी निरन्तर औषधी खाँदै आएकी र २ बर्ष यता देखी समस्या निकै बल्झिएको उनले हामीलाई बताइन । बैतडी जिल्ला बन्चेश्वर गाउँपालिका वडा नं ४ बन्ना घर भएकी दलित परिवार कि कौरा यतिबेला उपचारको खोजिमा भौंतारिएकी छिन् । २ छोरा २ छोरी आमा र श्रीमानको रोजगार नहुँदा आर्थिक अभावका कारण उपचार गर्न पाएकी छैनन । समस्या झनझन च्यापिएको तर उपचार गर्ने रकम नभएको भन्दै आफ्ना बिलौना हाम्रा सामु यसरी पोखिन । भिडियो हेर्नको लागि तलको लिन्क क्लिक गर्नुहोस् –