अदालतको फैसला बिरुद्ध मृतक गिता ढकालको बुवाको अनुरोध: फैसला होइन न्याय चाहियो (भिडियो हेर्नुस्)
काठमाण्डौं,साउन ९ । श्रीमानवाट ज्यान लिइएकी गीता ढकालले घटना हुनु अघि आफ्नो ज्यान खतरामा छ भन्दै प्रधानमन्त्री कार्यालय लगायत विभिन्न सरोकारवाला निकायमा उजुरी दिएकी थिइन् । निधन हुनुभन्दा ९ दिन अघि मात्र प्रधानमन्त्री कार्यालयमा ज्यान सुरक्षाको माग गर्दे उजुरी दिएकी गीताको श्रीमान रञ्जन कोइरालाले ह त्या गरे । उनलाई श्रीमानले पहिला देखि नै तेरो शव गायब बनाउछु भनेर भन्ने गरेको गीताका बुवाले बताएका छन् । उनले पुष १८ गते गीताले ज्यानको सुरक्षा पाउँ भन्दै शसस्त्र प्रहरी प्रमुख र गृहमन्त्रालयमा निवेदन दिएकी थिइन् ।
विभिन्न निकायमा उजुरी दिँदा पनि उनको कतै सुनुवाई भएन । अन्तत उनका श्रीमानले ज्यान लिइ छोडे । शसस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइराला जे लवाट छुटेपछि गीताका बुवा र परिवारका अन्य सदस्यलाई फेरी सुरक्षाको चिन्ता छ । वृद्ध अवस्थाका हरेराम ढकाल आफ्नो छोरीको ज्यान लिने उनका पति जे लवाट छुटेको खबरले निकै चिन्तित छन् । उनलाई आफ्नो सुरक्षाको चिन्ता साथै न्याय म रेको मा पनि चिन्ता थपिएको छ ।
आफ्नो छोरी अकालमा गुमाएका यि वृद्ध बुवालाई अब आफ्ै सुरक्षाको चिन्ता छ । २०५० सालमा उनले छोरीको विवाह निकै खुसीसाथ धुमधाम विवाह गरिदिएका थिए । सुरुमा राम्रै सम्बन्ध भएपनि उनीहरुको बीचमा अर्को महिलाको प्रवेश भएपछि उनीहरुको सम्बन्ध विग्रिएको थियो । उनीहरु ६ वर्ष अघि देखि नै अलग अलग बस्दै आएका थिए । गीताले निधन हुनुभन्दा ६ महिना अघि जिल्ला अदालतमा माना चामलको मु द्दा पनि दर्ता गराएकी थिइन् । अदालतले गीतालाई आधा तलब भराउन आदेश दिएको थियो ।