जनकपुर कि जानकी (पुष्पा अधिकारी ) को सन्तान मोह ले जन्माएको प्रश्न र कानुनको कठघरामा उभिएका ११ बालिकाहरुको भबिस्यको फैसला आज
काठमाण्डौं,भदौ १ । केयर बाल गृह कि संचालिका पुष्पा अधिकारीले आफुसँग रहेको ११ बालिकाहरुलाई फिर्ता पाउँ भनी सर्वच्च अदालतमा दिएको रिट उपर आज फैसला हुँदैछ । २०७७ साउन २५ गतेका दिन केन्द्रिय बाल अधिकार परिषद, बुढानिलकण्ठ नपा,बालबालिका खोजतलास समन्वय केन्द्र उपर दिएको रिट दर्ता गरेपछी ३० गते बिपक्षीलाई अदालतले बालिका सहित हाँजिर हुन र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । तर बाल अधिकार परिषद ले आफ्ना कर्मचारीहरु कोरोना संक्रमणका कारण कन्ट्राक ट्रेसिङ मा परेकोले बालिकाहरुलाई उपस्थित गराउन नसकेको भने पछी । माननीय न्यायधिस द्धय सपना प्रधान मल्ल र प्रकाशमान सिंह राउत को इजलासले सोमबार बालिकाहरुलाई भिडियो कन्फ्रेन्स मार्फत उपस्थिती गराउन आदेश दिएको छ ।
बाल गृह बाट ती अबोध ११ जना बालिकाहरुलाई जबर्जस्ती उठाएर सरकारी निकायले उद्दार गरेको भनी प्रचारप्रसार गरे पनि यथार्थमा त्यसो नभएको प्रत्यक्षदर्शी बताउँछन । बालिकाहरुलाई घरबाट उठाएपछी बियोगमा बिक्षिप्त बनेकी पुष्पा बालिकाहरुलाई फर्काउनेमा दिनरात ससानातहका ब्यक्ती देखी उच्चअधिकारी प्रसाशन होस् या सरकार समक्ष अपिल गरी रहेकी छिन ।
बालिकाहरु प्रती यती धेरै मोह किन ?
सानै देखी बालबालिका मनपर्ने र कुनै समय माइती नेपालमा काम गरेको अनुभवले बिशेषगरी नारी प्रती श्रद्धा,आदर र सम्मान कै उपजका कारण उनलाई त्यस्ता अनाथ बाललाकिकाको स्याहर सुसारमा मोह जागेर आयो । सायद त्यसैको परीणाम होला ती बालिकाहरुलाई नयाँ जीवन दिने चाह बढेको । त्यसो त बाल गृह संचालन गर्नु अघी उनले थुप्रै बालिकाहरुलाई सहयोग नगरेको होइन । बिभिन्न स्थानबाट आएका र बेवारीसे होस् या आर्थिक परिवारीक अवस्था कमजोर होस् त्यस्ता बालिकाहरुको आश्रय थालो बनेको उक्त बाल गृहमा रहेका बालिकाहरुले कहिल्यै अनाथ को उपनाम पाएका थिएनन । बरु उनिहरुले एउटी प्यारी आमा पाएका थिए । त्यो बाल गृह सरकारका लागि नाम मात्रको बाल गृह थियो तर त्यहाँ रहेका बालिकाहरु त्यही घरमा जन्मिएका भन्दा कम थिएनन । त्यसैले त उनिहरुको मुखमा सँधै “पुष्पा मामु” मात्र गुन्जन्थ्यो ।
न्यायको कठघरमा पुष्पा,अबोध बालिकाहरुको भबिश्य र सरकारी निकाय उभिएको छ । यधपी पुष्पाले दिएको रिट बिरुद्ध फैसला भए सरकारी निकाएका कर्मचारीको सौतेनी ब्यवहार कै कारण ती बालिकाहरुलाई कथित पुनर्स्थापनाको बहानामा भबिश्य अन्धाकार देखिने पक्कापक्की छ ।
बिशेष गरी नेपालको पहाडी दुर्गम क्षेत्रमा रहेका बिपन्न परिवारको राजीखुसीमा काठमाण्डौको बातावरणमा हुर्किएका ती बालिकाहरु के फर्किएर पढ्न सक्लान वा राजधानी कै जस्तै सुबिधा सम्पन्न स्कुलमा पठनपाठन होला ? सरकारका सरोकार निकायले पुनर्मिलनको बहानामा सुन्दर सपना बोकेका बालबालिकालाई कता लानेछ आजको समाजमा जल्दो बल्दो प्रश्न चिन्ह बनेको छ । लेखक-रतन चन्द