नेकपाको सचिवालय बैठक सम्पन्न यस्ता छन निर्णय
काठमाण्डौं,भदौ १८ । नेकपाको आज बसेको सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गाैतम पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाकाे सदस्यमा सिफारिश हुने बैठकलाई जानकारी गराइएको जनाएका छन ।
कार्यदलकाे प्रतिवेदनमा बैठकमा छलफल भई ठाेस कार्ययाेजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएकाे बताइको छ । (तस्बिर: प्रमको प्रेस सल्लाहकार सुर्य थापाको फेसबुक वालबाट )