पब्लिक इनोभेटर ई.कँडेललाई माल्दिभ्सको राष्ट्रपतीय सपथ ग्रहणमा निमन्त्रणा
काठमाडौं, १८ कात्तिक । पब्लिक इनोभेटर ई. कँडेललाई माल्दिभ्सको राष्ट्रपतीय सपथ ग्रहणमा कार्यक्रममा जाने भएका छन । उपस्थित हुनको लागि निमन्त्रणा पाएपछी कंडेल मालदिभ्स जान लाग्नु भएको हो । माल्दिभ्समा राष्ट्रपति तथा उपराष्ट्रपति हुन लागेका क्रमशः ईब्रहाइम मोहम्मद सल्लह र फैसले नसीमको सपथ ग्रहणमा उपस्थित हुनकोलागि पत्रमार्फत निमन्त्रणा प्राप्त भएको कँडेलले जानकारी दिएका छन् ।
कँडेलकाअनुसार यही नोभेम्बर १७ तारिख ५ बजे माल्दिभ्सको माले शहरमा राष्ट्रपतीय सपथ ग्रहण हुन लागेको हो । उनले भने,‘राष्ट्रपतीय सपथ ग्रहणको समय आज भर्खर आएको पत्रअनुसार परिवर्तन भएको हो जुन यसअघि ११ अक्टोबर २०१८ को लागि तय भएको थियो ।
२९ सेप्टेम्बर २०१८ मा माल्दिभ्सको निर्वाचन आयोगले आधिकारिक रूपमा विपक्षी नेता इब्राहिम मोहम्मद सोलिह र फैसले नसीमलाई क्रमशः राष्ट्रपति तथा उपराष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गरेको थियो ।
कँडेलले माल्दिभ्स सरकारसँग नागरिक उड्ययन क्षेत्रको विकास र स्तरोन्नतीलाई प्राथमिकता दिँदै अगाडि बढ्ने ईच्छा व्यक्त गरेका छन् । उनले भने,‘यो कुरा मैले स्वयम् नवनिर्वाचित राष्ट्रपति ईब्रहाइमलाई छुट्टै भेटेर आग्रह गर्नेछु । अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले माल्दिभ्सको नागरिक उड्ययनको अवस्थालाई दिँदै आएको ६५.८२ प्रतिशत अंकलाई बढाएर कम्तिमा ८० प्रतिशत पुर्याउने मेरो उद्देश्य छ ।’