आस्था,बिश्वास र स्नेहताको शिर झुकेको दिन
काठमाण्डौं,असोज १५ । २०७७ साल साउन २१ गते केयर बाल गृहबाट कोसेली बुढा सहित ११ जना बालिकाहरुलाई राष्ट्रिय बाल अधिकार परिषदले लगेपछी पुष्पा अधिकारीले सर्वच्च अदालतमा दिएको बन्दीप्रत्यक्षीकरणको रिट उपर फैसला भएको छ ।
मा· न्या· श्री पुरुषोत्तम भण्डारी र मा· न्या· श्री कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गर्दै बुधबार फैसला सुनाएको हो । ११ जना बालिकालाई फिर्ता पाउँ भनी केयर बाल गृहकी संचालिका अधीकारीले दिएको रिटमा ५७ दिन सम्म पटकपटक बहस हुँदै बुधबार सकिएको हो ।
“४ बर्ष सम्म आफ्नै सन्तान सरह हुर्काएँ पढाएँ मैले कुनै कसुर गरेको भए शायद बालिकाहरुका अभिभावक वा ती बालिकाहरुले गुनासो गर्ने थिए तर परिषदले जबर्जस्ती बालिका उठाएर लग्यो ठिकै छ ।” समाजसेवी हुँ र यस्ता धटनाको सामना गर्न सक्ने साहस छ । अझै परीपक्क भएर शिर ठाडो गरी सामाजिक कार्यमा निरन्तर लागि रहने छु ।” अधिकारीले बताउनु भयो ।
अझै पनि ती बालिकाहरुका अभिभावकले काठमाण्डौं मै राखेर पढाउन चाहन्छन । सकेसम्म केयर बाल गृह मै राख्न पाए उचित हुने दुर्गममा रहेका अभिभावकको भनाइ छ ।
सम्मानित अदालतले फैसला सुनाए पनी परिषदले लगाएको आरोप भने निराधार भएको स्पस्ट छ । बालिकाहरुलाई असुरक्षित तवरले राखेको, समयमा खाना नदिएको,पिट्ने र औषधी उपचार समेत नगरेको भनी आरोप लगाएको छ । बिगत ४ बर्ष देखी सो बाल गृह संचालन भई रहँदा परिषदले पटक पटक अनुगमन गर्यो सो समयमा उस्ले कहिल्यै बाल गृह लाई अब्यवस्थित देखेन तर एउटा रिट दिएकै भरमा उस्ले ब्यक्तीगत रिस ब्यक्त गरे सरह राज्यको जिम्मेवार निकायले झुट्टा आरोप लगाउनु गैर जिम्मेवार देखिन्छ ।
अब परिषदले बालिकालाई अभिभावकको जिम्मा लगाउने छ । पक्कै पनि ती बालिकाहरु फेरी बेवारीसे होलान या राज्यको निकायले कती सहयोग गर्ने छ हेर्न भने बाँकी छ ।