भक्त बिबीको अर्को पुन्य काम बन्ने भयो रामाराेशन गाउँपालिकामा २२ घर
काठमाण्डौं,असोज २० । बाढी पहिरोले भत्काएका २२ घर पुनर्निर्माण गर्न भक्त बीबी फर ह्युमानिटी र रामारोसन गाउँपालिका बिच आज सम्झौता भएको छ । अछामको रामारोशन गाउँपालिकामा गत भदौ २ गते बाढी पहिरोले सो गाउँपालिकामा रहेका २२ घर भात्काएपछी घरबार बिहिन पीडितहरुलाई घर बनाउन सो गाउँपालिका र संस्था बिच सम्झौता भएको संस्थाको अध्यक्ष शारदा भुसाल झा ले जानकारी दिनु भयो ।
गाउँपालिकाले सुरक्षित स्थानमा जग्गा दिने र संस्थाले सुबिधा सम्पन्न घर बनाउने बारे छलफल भएपछी दुबै पक्ष बिच सौझौता भएको जनाइको छ । एकिक्रित बस्ती निर्माण गर्न संस्थाले बिभिन्न सहयोगकर्ता सँग आवहान पनि गरेको छ । सुदुरपच्चिमको बिकट क्षेत्रका बासिन्दालाई पनि सहयोग गर्नका लागि संस्थाले सक्रिएता देखाएकोमा पीडित गाउँलेहरुले हर्षित महसुस गरेको बताएका छन ।
भदौ २ गते राति अछाम जिल्लाको रामारोशन गाउँपालिका अन्तर्गतका गेराहाताल, आणेखाँद, सोर्णा लगायतका ठाउँहरुमो भिषण विनासकारी बाढीले वडा नं.५ को सैनी बजार पूर्ण रुपमा बगाई ठूलो जनधनको क्षति भएको थियो । साथै कैलास किनारमा अवस्थित खालबजार, पुलबजार, मुजाबजार र गजडबजारमा समेत ठूलो भौतिक एवम् पशु चौपायाको क्षति गर्नुका साथै कैलास किनारका सम्पूर्ण उर्वर धानका खेत पूर्ण रुपमा बगाई बगरमा परिणत गरेको छ । हालसम्मकै ठूलो र अकल्पनिय विनासकारी बाढीको कारण २२ घर क्षती भएको जनाएको थियो ।
क्षति भएका घरहरुको पूनर्निमाणका कार्यमा सहयोग गर्ने भनि रामारोशन गाउँपालिका संग भक्त वि.वि.फर ह्युमानिटी केन्द्रिय कार्यालय काठमाडौंले सम्पर्क गरी २२ घर निर्माणको प्रस्ताव गरेको थियो । यस विषयमै केन्द्रित रहेर विनासकारी बाढीपहिरोले घरबारबिहिन पुगेका मध्ये २२ घर निमार्णका लागि सहजीकरणका लागि अनुमति दिने भन्दै रामारोशन गाउँपालिकाले २०७७।०५।२९ मा बैठक बसी एकिकृत बस्ती निमार्ण गर्ने विषयमा निर्णय गरेको थियो । उक्त निर्णयमा २२ घरबार बिहिनको निवेदन समावेश गरी भक्त वि.वि.फर ह्युमानिटीलाई पठाएको थियो ।