काठमाडौमा कारोनाको भयावह अवस्था जनमानसमा सचेत हुनु पर्ने मन्त्रालयको सुझाव

काठमाडौं,असोज २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमित पुष्टि भएका सबै अस्पताल जान नपाइने बताए । उनले संक्रमित भएर स्वास्थ्यमा गम्भिर समस्या आएपछि मात्र अस्पताल जान सुझाव दिए । उनको यो भनाइले काठमाडौमा कारोनाको भयावह अवस्था देखाउँछ । काठमाडौका अस्पतालहरुमा संक्रमितले वेड भरिएका छन् । दिनहुँ करिब एक हजार ५ सयका दरले नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता वेहोस हुन लागेमात्र अब संक्रमित अस्पताल जानु भनेर भन्छन् । यस्तो अवस्थाले कठमाडौमा अब कोरोनाको अवस्था भयावह भएको र सरकारले त्यसको ब्यवस्थापन गर्न नसकेको अवस्था देखाउँछ । अब कोरोनावाट जोगिन सरकारको भर पर्ने होइन आफै आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने भएको छ । संक्रमित भएपनि उपचार नपाउने अवस्था आइसकेका कारण यो भयावह अवस्था हो । उपत्यकामा रहेका आइसोलेसन वार्डहरु संक्रमितले भरिएपछि सरकारले संक्रमितहरुलाई घरमै बसेर उपचार गर्न भन्न थालेको छ ।

गत एकसाताभित्र मात्रै काठमाडौं उपत्यकामा १० हजारभन्दा बढी कोरोना संक्रमित थपिए पछि भयावहका्े अवस्था आएको हो । बिहिबार उपत्यकामा मात्रै २ हजार ५ सय ४० संक्रमित थपिएका छन् । सरकारले गत भदौ मसान्तबाट काठमाडौंमा झन्डै १ महिना जारी गरेको निषेधाज्ञा हटाएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

दिनहुँ बढेका संक्रमितले उपचार नपाउने भएकाले घरमै आइसोलेसनमा बस्नु परेको छ भने उपचारका लागि अस्पताल पुगेकाहरुले पनि उचित उपचार नपाएको समाचार सार्वजनिक भएका छन् । अस्पतालमा भर्ना भएका संक्रमितले समेत उपचार नै नपाएर ज्यान गुमाएका घटना सार्वजनिक भएका छन् । विहिवार किष्ट अस्पतालमा भएको घटनाले पनि सोही कुरा पुष्टि गर्छ । यस अघि वीर अस्पतालमा पनि एक संक्रमितको रहस्यमय निधन भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv