सामाजिक संजालमा सार्वाधिक चर्चाका दुई ब्यक्तित्व प्रशासक कनेल र राजनीतिकर्मी श्रेष्ठ – पुरुषोत्तम शाह ( बिचार )

काठमाण्डौं,असोज २९ । यति बेला सामाजिक संजालमा जत्रतत्र सिरहाका सिडियोको सुधारवादी अभियान र राजनीतिकर्मी लीलानाथ श्रेष्ठको सामाजिक योगदानको चर्चापरिचर्चाले भरिभराउ देखिन्छ ।
विशेष गरि , सिडियो प्रदीपराज कनेल सिरहामा आएलगतै , झाडु लिएर आफै सडक सफा गर्न लाग्नु , कोरोनाको नाउमा स्थानीय तहहरुले मनपरी खर्च गरिरहेको जनगुणासोलाइ सम्बोधन गर्न खर्चको सार्वजनिक गर्नु गराउनु , सार्वजनिक जगाको संरक्षण गर्नु गराउनु , सर्वसाधारणको समस्या बुझ्न आफै अग्रसरता देखाउनु , सुचना मांग्ने र दिने परीपाटिकोको थालनी गराउनु र भ्रष्टाचार बिरुद्ध खडो रुपमा प्रस्तुत हुनु जस्ता महत्वपूर्ण कार्य गरेका कारण आमजनसमुदायको मनमुटुमा बस्न सफल हुनुभएका सिडियो कनेलको बारेमा चिया पसलदेखी समाजिक संजाल मार्फत गुणगान गर्नेको ओइरो लागेको देखिन्छन । सिरहाली जनताले भन्दैछन , “प्रशासक होस त प्रदीपराज कनेल जस्तो ।”

त्यस्तै, अब पूनर्गठित हुने मन्त्रीमंडलमा सिरहा ३ वाट निर्वाचित सांसद तथा नेकपाका केन्द्रिय सदस्य लीलानाथ श्रेष्ठलाई समेटिनुपर्ने कुरोहरु जोडतोरले उठिरहेको देखिन्छन । स्वच्छ छवि, बिकासप्रेमी र जनभावनाको कदर गर्ने राजनितीकर्मी श्रेष्ठ मंत्री भए प्रदेश न २ मा बिकासको लहर चल्ने सिरहाली जनताको ठम्याइ रहेको छ । कमला र सुनकोशिको डाइभर्सन बिना अन्नको भन्डारको रुपमा चिनिने प्रदेश न २ को कायापलट नहुने , बेरोजगार युवाको समस्या , उद्योग ,कारखाना ,सुकुम्वासीको समस्या समाधान नहुने सिरहाली जनताको बोलीका स्वर समाजिक संजालमा मात्रै होइन ,चियापसलमा पनि भेटिन्छन ।
यी काम श्रेष्ठ बिना असम्भव रहेको सिरहाली जनता बताइरहेका छन।

सबल र सफल नेतृत्वशैलीका कारण सिराहाली जनताको मनमुटु जित्न सफल श्रेष्ठ २०५४ सालमा जिबिस सिरहाको उपसभापती रहदा र २०५१ देखि २०७१ सालसम्ममा सिरहा जिल्लाको एमाले पार्टिमा जिल्ला कमिटी सदस्य ,उपसचिव ,सचिव र पार्टी प्रमुख रहि गर्नुभएको कामकाजको चर्चापरिचर्चा अतिबेला पनि सतहमा आएका छन । २०३७ सालमा नेपाल बन्दको कार्यक्रममा पक्राउ परी जेल परेका श्रेष्ठ २०७० सालमा संबिधान सभा सदस्यको निर्वाचनमा सिरहा क्षेत्र न ५ वाट पूर्व प्रधानमन्त्री प्रचन्डका प्रत्यासी हुदा नेपालभरीका जनता श्रेष्ठको आटिला स्वभावको मुल्यांकन गरेका थिए ।२०७४ साल मंसिर २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा क्षेत्र न ३ वाट निर्वाचित भएका श्रेष्ठ २०३७ सालवाट सप्तरीवाट अनेरास्ववियुको राजनीतिमा होमिएका थिए । लामो राजनितीक यात्रामा रहेका श्रेष्ठलाई मंत्री बनाउन मांग आमजनसमुदायवाट उठन थालेको प्रसंग दिनहु समाजिक संजालमा भेटिन्छन । क्षमतावान नेता श्रेष्ठको पार्टिले मुल्यांकन गरून् यहि मेरो पनि सदिच्छा ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv