नेपाल भारत सिमा विवाद पछि पहिलो पटक भारतीय सेना प्रमुख नेपाल आउँदै

काठमाडौ,,कार्तिक १९ । सत्तारुढ नेकपा भित्र देखिएको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन सल्लाह दिएको भन्दै प्रचण्डले अभिब्यक्ति दिएपछि नेकपामा थप संकट देखिएको छ । लामो समयसम्म नभेटेका नेकपाका दुई अध्यक्षको भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई मिल्न सकिदैन भने सहमतिमै अलग हौं भनेर सुझाव दिएको प्रचण्डले दावी गरेका थिए ।  प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा उनी चार सदस्य टोलीसहित नेपाल आउन लागेका हुन् । नेपालले नयाँ नक्सा जारी गरेपछि उत्पन्न नेपाल भारत सिमा विवाद पछि पहिलो पटक भारतीय सेना प्रमुख नेपाल आउन लागेका हुन् । त्यसैले पनि यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । भ्रमण टोलीमा पत्नी विणा पनि छिन् । तीन दिनको औपचारीक भ्रमणमा नरवणेलाई कालिमाटी स्थित सोल्टी होटलमा बस्ने ब्यवस्था मिलाइएको छ । बुधवार नै उनी पत्नीसहित पशुपति दर्शनका लागी जाँदैछन् । साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आयोजना गरेको डिनरमा सहभागी हुँदैछन् । डिनर कार्यक्रम कहाँ हुने भन्नेबारे नेपाली सेनाले सार्वजनिक गरेको छैन ।नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न आउन लागेका नरवणे बिहीबार र शुक्रवार औपचारीक कार्यक्रममा सहभागी हुनेे छन ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv