नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा चन्द्र प्रसाद ढकाल विजयी

काठमाण्डौं,मङ्सिर १४ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । हिजो सम्पन्न निर्वाचनमा आफ्ना एक मात्र प्रतिष्पर्धी किशोर प्रधानलाई १६७ मतान्तरले पराजित गर्दै ढकाल विजयी भएका हुन् ।

आइएमई ग्रुपका ढकाल ६३३ मत ल्याएर विजयी भए । पराजित प्रधानलाई ४६६ मत मात्र मिल्यो । ढकालले एशोसिएट र वस्तुगतमा स्पष्ट जित हासिल गर्दा नगर र जिल्लामा किशोर प्रधानले एक मत बढि पाए । जिल्ला नगरमा किशोर प्रधानले ५३ मत पाउँदा ढकालले पनि ५२ मत पाए ।

एशोसिएट र वस्तुगत तर्फको प्रष्ट भोट चन्द्रप्रसाद ढकाललाई गएको छ ।

एशोसिएट तर्फका ८९८ मतमा ढकालले ५२२ मत पाउँदा प्रधानले ३७४ मत मात्र हासिल गरे । ३ मत बदर भएको हाम्रा संवाददाता राजाराम न्यौपानेले जानकारी दिए ।

वस्तुगत तर्फको १०१ मत गणनामा पनि ढकाल नै अगाडी रहे । वस्तुगतबाट ढकालले ५९ मत ल्याउँदा प्रधानले ३९ मत मात्र पाए । जिल्ला नगरमा भने एक मतले किशोर प्रधान अगाडी आएपनि त्यसको केही अर्थ रहेन । महासंघको निर्वाचनमा ढकालले प्रधानसँग फराकिलो अन्तरमा जित दर्ता गराएका हुन् ।

महासंघको एशोसिएट तर्फको उपाध्यक्षमा ढकाल प्यानलका रामचन्द्र संघाईले प्रधान प्यानलका शौरभ ज्योतिलाई पराजित गर्दै जित दर्ता गराई सकेका छन् । वस्तुगत र जिल्ला नगर तर्फभने किशोर प्रधानका उम्मेद्वार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ विजयी भएका छन् ।

महासंघकाे विधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अर्काे कार्यकाल अध्यक्ष हुने प्रावधान छ । जस अनुसार शेखर गाेल्छा अध्यक्ष भइसकेका छन् ।

जिल्ला नगर सदस्यहरुमा राजन श्रेष्ठ , तारानाथ घिमिरे , शोभाकान्त पौडेल , कमल कुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत,चक्र बहादुर अधिकारी ,अरुणराज सुमार्गी , देव कुमार श्रेष्ठ , रामेश्वर मानन्धर, कमान बहादुर खड्का, सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।

कुविर कुमार श्रेष्ठ , डिबी बस्नेत , गोपाल केडिया , महेन्द्र कुमार श्रेष्ठ, उमेश डालमिया, किशोर कुमार आचार्य र अमृत भट्टचन निर्वाचित भएका छन् ।

प्रधान समूहबाट अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, शुकुन्तलाल हिराचन, विष्णुप्रसाद गैरे र सन्दीपकुमार अग्रवाल निर्वाचित भएका छन्। ढकाल समूहका नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, हेमराज ढकाल, आकाश अधिकारी, प्रकाशसिंह कार्की र सुवोधकुमार गुप्ता निर्वाचित भएका छन्।

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv