बन्जी जम्प गर्दा डोरी चुडिएपछि…

बन्जी जम्म गर्नेहरुका लागि धेरै सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाहीँ नसोचेको दुर्घटना हुनसक्छ ।हालै एकजना बन्जी जम्प गर्ने क्रममा डोरी चुँडिएर भुइँमा बजारिएका छन् । घटना पोल्याण्डको हो । पोल्यान्डको गडीनियामा एकजना बन्जी जम्पर ३३० फीट माथिबाट हाम्फाल्ने क्रममा डोरी चुडिँदा भुइँमा बजारिएर करङ भाँचिएको छ ।

स्वास्थ्य ठीक भएपनि तत्काल उनी हिँडडुल गर्न सक्ने अवस्थाम भने रहेन । गडीनिया प्रहरीका क्रिस्टोफ कुस्मीरजिकले घटना पछि घटनास्थलमा रहेका प्रत्यक्षदर्शी र कर्मचारीहरूसँग अन्तर्वार्ता लिइएको बताए ।

घटनाको भिडियो हेर्दा उनको टाउको भुइँमा राखिएको एयरब्यागमा बजारिएको देखिन्छ । एयरब्यागमा बजारिएपछि उनी उफ्रिन्छन् अनि रोकिन्छन् । अनेकौं कर्मचारीहरूले उनी ठीक छन् कि छैनन् भनी हेर्न गएको देखिन्छ ।

स्थानीय समाचार वेबसाइट ट्रोमियास्तो डट् पीएलका अनुसार, भुइँमा बजारिए पछि उनी अचेत भए र उनलाई अस्पताल लगियो । भाग्यवश दुर्घटनाबाट उनी बाँचे । उनको करङ टुक्रिएको छैन र अलिकति भाँचिएको अस्पतालले जनाएको छ । उनको अन्य अंगमा पनि केही चोट पुगेको बताइएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv