प्रचन्ड-माधव सडकमा, ओली मन्त्री बिस्तारमा

काठमाण्डौं,पौष १० । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री १ राज्य मन्त्री थपेकाछन् । साथै, केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन भएको थियो । र, प्रचण्ड–माधव समूहमा रहेका ७ मन्त्रीले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीले शुक्रबार आफ्नो समूहका नेताहरुलाई मन्त्री बनाएर मन्त्रिपरिषद विस्तार गरेका हुन ।
थपिएका ८ मन्त्रीमध्ये ५ जना प्रचण्डलाई छाडेर ओली समूहमा लागेका नेताहरु छन् । प्रचण्डलाई छाडेर ओली समूहमा आएका टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामा मन्त्री भएका हुन् । रायमाझीलाई उर्जा, थापालाई खानेपानी, साहलाई सहरी विकास, चौधरीलाई श्रम र लामालाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv