शुक्रवारदेखि प्रधानमन्त्री ओलीले बालुवाटार छोडेर देश दौडाहमा
काठमाण्डौं,पौष २३ । संसद भंग गरेसंगै प्रतिनिधि सभाको चुनाव घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवारवाट वालुवाटार छोड्ने भएका छन् । उनी अब निर्वाचनको माहौल बनाउन देश दौडाहामा निस्कने भएका छन् ।
विपक्षी र आफ्नै पार्टीका अर्का समुहले निर्वाचन हुन सक्दैन भन्दै अभिब्यक्ति दिन थालेपछि ओली निर्वाचनको माहौल बनाउन देश दौडाहामा निस्कन लागेका हुन् ।
उनी त्यसको सुरुवात सुदुरपश्चिमवाट गर्ने भएका छन् । चुनाव घोषणापछि आफ्नो समुहको संगठन विस्तार र सुदृढीकरणका लागि भन्दै ओली देश दौडाहामा लागेका हुन् । यसको शुरुवात सुदुरपश्चिम प्रदेशबाट गर्ने भएका छन् । ओलीले शुक्रवार सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले आफू सरकारको नेतृत्व सम्हालेदेखि नै पछाडी परेको क्षेत्रलाई प्राथमिकता दिने बताउँदै आएका थिए । आवश्यकता अनुसार अन्य प्रदेशका कार्यक्रममा सहभागी हुन सक्ने प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताएका छन् ।