“थरले सानो ठुलो हुदैन “साेच” सँगै “नियत” बदल्नु पर्छ ! – महता ( लेख )
काठमाण्डौं । जिबनमा मानव भएर जन्मिनु भाग्यमानी कुरा हो, कहिले काँही आफैमा प्रश्न चिन्ह खडा भैदिन्छ आफैमा आत्म द्वन्द्व हुन्छ कित सम्पन्नशाली पावरफुल हुन पर्थ्यो, यात समाज र सामाजिक अवस्था बुझ्न र बुझाउन नसक्ने हुन पर्थ्यो ! सचेत नागरिक बनेर समाज लाइ पवित्र नजरले नियाल्न सक्ने भएपछि यथार्थ कुरा नबोलि चुप बस्न सकिदैन ! सत्य कुरा तितो लाग्ला तर सत्य तथ्य बोल्नै पर्ने हुन्छ यो सचेत नागरिक को कर्तब्य पनि हो ।
मैले आफु जस्तै सबै हाेलान् साेच्थे ! तर दुनियाँ मैले साेचे जस्तो रहेनछ । सकभर याे जगतका सबै प्राणीहरुका माझ सामिप्यता छ निकटता छ ! त्यसमा पनि मानव जाती जुन, धर्म, लिङ्ग, जात र वर्णकाे भए पनि हामी समान छाै ! हाम्रो स्वाभिमान समान छ अनि आत्मसम्मान अपरिहार्य छ । तर कथित उपल्लो जातका भनिनेहरुमा त्याे ब्यवहार देखिएन तसर्थ सुध्रिन जरुरी छ ! सामाजिक सद्भाव र भाइचारा कायम गर्न यस्ता तमाम बिषयलाई “बिषय” बनाएर बहस गर्न पनि अपरिहार्य छ । हिजोका दिनमा विभेद गर्दा गरिदा, शिक्षाको कमि हाे भन्यौ ज्ञानकाे कमि हाे भन्यौ, सरसफाई को कमि हो भन्यौं,आजको दिनमा हेर्ने हो भने शिक्षा स्वास्थ्य सरसफाई को सवालमा ६०% दलित समुदाय सचेत छ, अनि अब चै के काे कमि हाेत ? त्यसकारण सबैभन्दा पहिला आफ्नाे साेच बदल्नु पर्छ ! समयानुकूल आफुलाई रुपान्तरण गर्नुपर्छ । तर यतिले मात्रै पनि पुग्दैन ! थर बदलेर वा लुकाएर आफुलाई कथित उपल्लो जातकाे देखाउन खाेज्ने “आडम्वरी” “ढाेगी”हरुकाे पनि कमि छैन थर” हैन “साेच” सँगै “नियत” बदल्नु पर्छ ! हामी- हामी भएर सम्मान पाउनुपर्छ ! ती र त्यस्ता प्रवृत्तिलाई पनि सच्चिन म आग्रह गर्छु ! उपल्लो जातकाे भएर मात्रै सम्मान पाउने विभेद नहुने निषेध नहुने अहंकारी प्रबृत्ति हामीलाई चाहिएको छैन । काेहि भुगाेलमा दुर्गममा हाेला ! काेहि धनमा गरिव हाेला र काेहि बर्णमा कालाे हाेला तर समग्रमा हामी मान्छे हाै !
हामीले बिश्व परिघट्नाकाे अध्ययन गर्दैनौं ! अध्ययन गर्छौ बुझ्दैनाै ! बुझ्छाै लागू गर्दैनौं ! देश दुनियाँका बारेमा चियाेचर्चा गर्छाैं तर चाँसाे दिदैनाै । अमेरिकामा कुनै समय कालाहरुकाे ब्यग्लै राज्य र गाेराहरुकाे ब्यग्लै राज्य थियाे ! समान अधिकार थियाे । समयकाे गति सँगै त्यहाँका बुद्धिजीवीहरुले एउटा निष्कर्ष निकाल्दै भन्याे हामीले यसरी अघि बढ्दै गयाै भने सामाजिक सद्भावकाे निकटतामा दरार आउछ ! जसले गर्दा भाेलिका दिनमा हाम्रो अस्तित्व च्युत हुन्छ भन्ने निष्कर्षका साथ समावेशी राज्यको परिकल्पना गरे । तर हामीले जातलाई मात्रै प्राथमिकता दिई रह्याै । जातकै आधारमा हाेच्याउने, दमन गर्ने याैन साेषण गर्ने , श्रम साेषण गर्ने र विभेद गर्ने आखिर कहिलेसम्म ? संबिधानकाे खाेस्टाेमा कागजकाे पानामा वा अग्लाे स्टेजबाट चर्काे *आदर्शवादी भाषणले मात्रै केही हुदैन । जब नियतमा नै खाेट छ भने !* संस्कारकाे नै अभाव छ भने ।
अन्तमा म सदा बाेलि रहने धेरै कुरा मध्ये आरक्षण काेटा पनि एक हाे । आरक्षण काेटा पनि जातकाे आधारमा हुनु हुदैन ! दलित सबै गरिव हुदैनन् ! क्षेत्री बाहुन सबै धनी हुदैनन् । एउटा शाहस अब हामीले गर्नुछ । हामीलाई बक्सिसमा दिएको उपहार चाहिदैन । हामी पनि प्रतिस्पर्धा गर्न सक्छौ भन्ने ! जागिर क्षमताले खाएको हुन्छ तर जातलाई अघि सार्दै खुइल्याउने चलन छ । आफुलाई कम्जाेर सम्झिने अर्थात् अरुकाे भर पर्ने कुराले स्वाभिमानी र गुणस्तरीय नागरिक हुनबाट राेकेकाे छ ।यो कुरा पनि एक क्षमतावान योग्य व्यक्तिको आत्मसम्मानमा ठेस पुर्याउने बिषय त हो ! अर्को कुरा हामि आरक्षण जातको आधारमा दिदा हामिलाई मर्का पर्छ भने धनि गरिब, शिक्षित अशिक्षित नभनि जातको आधारमा किन तल्लो मल्लो भनेर छुवाछुत विभेद गरिन्छ ? यो पनि बुझ्न जरुरी छ, तसर्थ आरक्षण निश्चित समयको निम्ति तोकौ, हाम्रा व्यवहार पनि परिवर्तन गरौ विभेद मुक्त समाज बनाउँ । यो आजको आवश्यकता पनि हो ।
त्यसकारण हामीले अब हामीलाई “आत्मसम्मान” सहित अघि बढाउने हाे भने यावत कुराहरुमा आफुमा पनि रुपान्तरण गर्नुपर्छ । आफु सबल भएर निर्धक्क आफ्नाे धरातलमा उभिने हाे भने निरंकुशता र दानविय बिभेदकाे आँधि बेहेरीले पनि छुन सक्ने छैन । जय स्वाभिमान !
( लेखक महता – ICB Project अन्तरगत पि.आर.एल् कुमार कम्पनीका, ल्याब म्यानेजर तथा एक बौद्धिक युवा तथा बिभेद बिरुद्धका अभियन्ता पनि हुन।)