प्रतिनिधि सभा बिगठनको बिरोधमा नेपाली कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्दै
काठमाण्डौं,माघ ३ । नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ ।
प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको छ ।
सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई यसअघिनै आह्वान गरिसकेका छन् । पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेस आन्दोलनमा उत्रिएको हो ।