विदेशवाट त्रिभुवन विमानस्थलमा आएको दुई हेलिकप्टरका चालक नै गायब !
काठमाडौं, माघ ४ । काठमाडौको त्रिभुवन विमानस्थलमा विदेशवाट आएका दुई हेलिकप्टरका चालक दलका सदस्यनै गायब भएपछि त्यसले तरंग उत्पन्न भएको छ । नेपालले ति हेलिकप्टरका चालकको खोजी गर्दा उनीहरु स्वदेश फर्किसकेको पत्ता लागेको छ । कीर्गिस्तानबाट एक साताअघि यहाँ आएर हेलिकप्टर विमानस्थलमा राखेका चालक दलका सदस्य नै गायक भएका छन् ।
किर्गिस्तानवाट नेपालमा चालक दलका सदस्य नभएकाले ति हेलिकप्टर थप केही दिन विमानस्थलमै राख्न अनुमति माग्दै पत्र पठाएको छ । किर्गिस्तानको उड्डयन प्राधिकरणले यस्तो पत्र लेखेको हो । दुबै हेलिकोप्टर ल्याउने क्याप्टेन ख्रामुसिन एण्ड्रे र क्याप्टेन अबदुल्लेइभ एमिल्टी इन्डोनेसिया पुगिसकेका छन्।
जनवरी २९ तारिखसम्मका लागि पार्किङ समयावधि बढाइदिन आग्रह गरेको प्राधिकरणका एक अधिकारीले बताएको पहिलो पोष्टले समाचार लेखेको छ ।
कुन प्रयोजनका लागि दुई हेलिकप्टर नेपाल आए र त्यसका चालक दल किन हराए भन्ने कुरा ंशंकास्पद छ । चालक दललाई आउन पत्राचार गरे पनि आउन आनकानी गरिरहेको विमानस्थल स्रोतले जनाएको छ ।
३० वर्ष पूरानो हेलिकोप्टर कीर्गिस्तानको ‘हेलि स्काइ’ कम्पनीले इन्डोनेशियामा उडान गर्दै आएका थिए। दुवै हेलिकोप्टर अघिल्लो शनिबार बंगलादेश हुँदै नेपाल ल्याइएको थियो। यी दुवै हेलिकोप्टरलाई प्राधिकरणको इजाजत अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक परिसरमा राखिएको छ।