नेकपा एमालेको निर्णयपछी कमरेड प्रचन्डले पनि आज बोलाए नेकपा केन्द्रको बैठक

काठमाण्डौं,फागुन २९ । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज बिहान ९ बजे बस्ने बताइएको छ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले आज (शनिबार) बिहानै स्थायी कमिटी बैठक राख्ने भएको हो ।

आजको बैठकमा नयाँ सत्ता समीकरण र एमालेमा माओवादी केन्द्रका नेताहरु भित्रिएको बारे छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रका एक नेताका अनुसार शुक्रबार नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठक बोलाएका हुन्। नयाँ सरकार गठनमा जसपा निर्णायक देखिएको छ।

बैठकमा एमालेमा गएका माओवादी केन्द्रका नेताहरुलाई फर्किन आग्रह गरिने र नमानेमा कारबाही गर्ने बताइएको छ । अहिले बिहान ९ बजे बस्ने बैठकमा नयाँ सत्ता समीकरण र एमालेमा गएका नेतालाई कारबाहीलगायत विषयमा छलफल गर्ने तयारी छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले शुक्रबार एकैदिन आफूपक्षीय दुईवटा केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेका छन् भने गृहमन्त्री रामबहादुर थापालगायत पूर्वमाओवादीबाट २३ नेतालाई केन्द्रीय सदस्य बनाएका छन्।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv