समैजी मन्दिरमा १२५ किलोको दमाह,स्थानीय भन्छन सुदूरपश्चिम कै ठुलो

डडेल्धुरा,पुष २४ गते । अजमेरु गाउँपालिकाको वडा नं १ मा रहेको कोला समैजी मन्दिरमा १२५ किलोको दमाह चढाइएको छ । उक्त दमाहलाई काठमाडौंमा बनाइ पुष १९ गते पुइलेख पुर्‍याइएको थियो । उक्त दमाहलाई दोस्रो दिन बिहानै बैडा,मुद्राड,सिलिङे,महरगाउँ,कोटेली लगायतका गाउँका बासिन्दाले दमाहको पूजागरी बाजागाजा,झाँकी निकालेर पुइलेख बेंशीबाट करिब १ किलोमिटर उकालो दुरिमा रहेको मन्दिरमा पुर्‍याइएको थियो ।

गोरेटे भिरालो उकालो बाटो भएकाले सयौंको संख्यामा आएका स्थानीयहरुले पनि दमाहलाई मन्दिर सम्म पुर्‍याउन हम्मे हम्मे परेको थियो । बाटोमा बिसाउँदै “जय हो समैजी देवताकी ” भन्दै पहिलो भंडारमा पुर्‍याएका थिए । भंडारका पूजारीले दमाह र झाँकी सहितका स्थानीयवासीलाई स्वागत गरेका थिए ।

केहीबेरको बिश्रामपछी दमाह पुन:बोकी उक्त स्थान देखी ५ सय मिटर उकालो लागे । मन्दिर प्रांगणमा पुगेपछी मन्दिरमा रहेका पूजारीले धुप,अक्षेता र फुलमालाले स्वागत गरे । त्यसपछी झाँकीमा आएका बाजा दमाह बजाउँदै मन्दिरपरिसरमा रौकन छाएको थियो ।
मन्दिर बाहिर रहेको एक कोठामा उक्त दमाहलाई राखिएको छ ।

उक्त दमाहलाई जाँत पर्वका बेला बाहिर निकालिने र बजाउने कुरा मन्दिर ब्यवस्थापक (लौडिय) हरेन्द्र बहादुर भण्डारीले बताए ।

दमाह ५ फिट ५ इन्चको उचाई र ४ फिट ६ इन्च चौडाइ रहेको छ । तस्बिर:रतन चन्द ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv