नेपाल इन मोनोक्रोम पुस्तक विमोचन

काठमाडौं,पुष २९ गते । वरिष्ठ फोटोग्राफर मणि लामाले नेपाल इन मोनोक्रोम पुस्तक विमोचन गरेका छन् । उमेरले ७६ लागेका वरिष्ठ फोटोग्राफर मणि लामाले काठमाडौंको तारागाउँ संग्रहालयमा तीन फोटोग्राफरसहित नेपाल इन मोनोक्रोमू पुस्तक विमोचन गरेका हुन् ।

फोटोग्राफर लामाका चेलाहरू प्रशान्त श्रेष्ठ, किशोर महर्जन, आशिष डंगोलका साथमा वरिष्ठ फोटोग्राफर मणि लामाले पुस्तक विमोचन गरेका हुन् । ब्ल्याक एण्ड वाइट मा उनका फोटोहरू पनि प्रदर्शनीमा राखेको थियो । उनले झन्डै ७० वर्ष देखिका तस्वीरहरू प्रदर्शनीमा राखिएका थिए ।

अमेरिकामा कृषि पढेर आएका उनी जागिर नपाएपछि फोटोग्राफीमा होमिएका थिए । २०४७ सालअघि लामा पोस्ट कार्ड, पोस्टर, ग्रिटिङ कार्डमार्फत नेपाली जनजीवन र दृश्यहरू विदेशीलाई देखाउँथे । उनका पोस्ट कार्डहरू अझै बजारमा फाट्टफुट्ट भेटिन्छन् । लामाले नै पहिलोपल्ट फोटो प्रदर्शनीको सुरूवात गरेको मानिन्छ। लामाले युनिसेफ, यूएनडीपी, जस्ता धेरै संघसस्थाहरुमा उनले फोटो खिच्ने काम गरेका थिए ।

उनले आफ्ना तस्वीरहरू विक्रीका लागि पनि राखेका थिए । उनको हस्ताक्षरसहित नेपाल इन मोनोक्रोमू पुस्तक सहुलियतमा राखेका थिए ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ ÷ग्लोबल फोटो वैंक



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv