कोरोनाकालमा छुटाउनै नहुने औषधि तातो झोल – अभय श्रेष्ठ

काठमाण्डौं,जेठ १५ । क्वांटी अर्थात् तातो झोल । काठमाडौँ उपत्यकाका ज्यापु समुदायका नेवारहरूले वर्षाको चिसो हटाउन खान सुरु गरेको क्वाती संसारभरि नै प्रिय भइसकेको छ । सामान्यतया नौ थरी गेडागुडी भिजाएर उमारी, ज्वाना झानी बनाइएको तातो झोलयुक्त तरकारी नै क्वाती हो ।

क्वाती नियमित खाने हो भने त्यस्तो औपचारिकता पूरा गर्नैपर्छ भन्ने छैन । तीनचार थरी गेडागुडी भिजाएर उमारे पनि पुग्छ । खानामा नियमित मास वा मुसुरोका दाल त सबैले खाने गरेकै हो । त्यसको साटो क्वाती खानु अति राम्रो । कोरोना लागेका व्यक्तिले त दुई÷दुई घण्टामा एक गिलास क्वाती खान सके चाँडै निको हुने रहेछ । हाम्रो छोरा अशोकलाई (ऊ पेन्टर तथा इलुस्ट्रेटर हो) वैशाख अन्तिम साता कोरोना पोजिटिभ देखियो । डाक्टरले तातो सुप, अझ प्रोटिनयुक्त सुप प्रशस्त खुवाउनु भनेपछि हामीले उसलाई प्रत्येक दिन तीन तीन घण्टाको फरकमा कर गरेरै क्वाती, हट लेमन, फलफूलको रस र खानामा अनिवार्य रूपले तीन बिजुला काँचो लसुन खुवायौँ । पाँचौँ दिनदेखि नै उसको शरीर निकै तंग्रेर आयो ।

टुसाएका गेडागुडी प्रोटिनका अत्यन्त राम्रो स्रोत हुन् । टुसाएका हुनाले यसमा प्रशस्त फाइबर हुन्छ र पाचन प्रक्रियालाई अत्यन्त राम्रो गर्छ । यसले मुटुलाई स्वस्थ राख्छ भने इन्सुलिनको मात्रा प्रशस्त हुने हुनाले टाइप टु मधुमेहको जोखिमलाई पनि हटाउँछ । यसमा प्रशस्त पोषक तत्व हुन्छ । प्रोटिन, फोलेट, म्याग्नेसियम, फोस्फोरस तथा भिटामिन सी र के प्रशस्त पाइन्छ । भिटामिन सीले रोगसँग लड्ने क्षमता बढाउँछ भने भिटामिन केले हाडको उचित विकास, रगत जमाउन र शरीरका अरू प्रक्रियालाई राम्ररी सञ्चालन गर्न समेत सघाउँछ ।

हामी अधिकांश नेपाली स्वास्थ्यलाई भन्दा बढी स्वादलाई ध्यान दिन्छौँ । धेरैजसोको नियमित खाना भनेको मासु, मासको बाक्लो दाल, डीप फ्राइड आलु र भात हुन्छ । साग र ताजा अचार तिनका भान्छामा धेरैजसो छुटिरहेको हुन्छ । अनि तिनैले वजन घटेन भनेर ट्याउँ ट्याउँ गरिरहेका हुन्छन् । मासु र मासका दाल अत्यधिक प्रोटिनयुक्त कुरा हुन् भने आलु र भात कार्बोहाइड्रेट । यहाँनिर प्रोटिन र कार्बोहाइड्रेट दुवै डबल भए भने भिटामिन, खनिजतत्व र फाइबर झन्डै गयल भए । यस्तो खानाले वजन बढ्नु त अनिवार्य हो । राम्रो के हुन्छ भने नियमित रूपमा दालको साटो क्वाती, भात वा रोटी अनि साग र अचार खाँदा हाम्रो शरीरलाई सबै पोषक तथा पाचक तत्व सजिलै प्राप्त हुन्छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv