म अहिले पनि संघर्षकै मैदानमा छु, क्रान्तिको रुप फेरिएको हो तर क्रान्त्री अझै जारी छ : प्रचण्ड
काठमाण्डौं,भदौ २३ । शहिद सुरेश वाग्ले (क.बासु) र भिमसेन पोखरेल (क.बैरागी ) को २४ औं स्मृति दिवश तथा स्मृतिग्रन्थ सार्बजनिकरण कार्यक्रम सम्पन्न भएको छ । बिहीवार पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डपमा आयोजित स्मृतिदिवस नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने “म अहिले पनि संघर्षकै मैदान मा छु, क्रान्तिको रुप फेरिएको हो तर क्रान्त्री अझै जारी छ ” त्यस्तै एक अर्को प्रसंगमा वहाँ अहिले पनि हतार मै छु किनकी गठबन्धनको बैठक चलीरहेको छ । यो बेला पनि बिगत मा जस्तै संघर्ष कै मैदानमा छौं समय सापेक्ष बिभिन्न सम्झौता गरे पनि क्रान्ति छाडेको छैन । भन्नु भयो ।
सहिदका बिषयममा पहिलो पटक प्रधानमन्त्री हुँदा मैले नै जनयुद्धमा ज्यान गुमाएका योद्धाहरुलाई सहिद घोषणा गर्नु पर्छ भनेर निर्णय गरेको आज सम्म पनि गर्न नपाएकोमा दु:ख लागेको छ । भन्नु भयो ।
कार्यक्रममा जलश्रोत तथा उर्जा मन्त्री पम्फा भुसाल, नेकपाका अध्यक्ष ऋषीराम कट्टेल,लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।