समाजसेवीहरुको सम्मानका लागि ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२४ हुँदै

काठमाडौं,पुष २३ गते । विगत डेढ दशक देखि निरन्तररुपमा सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक क्षेत्रमा अग्रणी संस्थाका रूपमा काम गर्दै आएको सिजन मिडियाले विगतका वर्षहरूझैं यस वर्ष पनि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थाहरूको सम्मानको लागि अवार्ड कार्यक्रमको आयोजना गर्ने भएको छ ।
विभिन्न व्यक्ति तथा समाजिक सस्थाहरुको कामको मूल्याङ्कन र उनीहरूको कामलाई अझै हौसला प्रदान गर्ने उद्धेश्यले २०८१ साल माघ २२ गते राष्ट्रिय नाचघरमा ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२४’ नामक राष्ट्रिय अवार्डको पाँचौं संस्करण कार्यक्रम आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरूमा रहेर नेपाल र नेपालीको दुःख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघसंस्था तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरिनेछ । विभिन्न किसिमका मानवीय सहयोग, महामारी, वाढी पहिरो भूकम्प तथा प्राकृतिक प्रकोपको विषम अवस्थामा दिनरात नभनी विभिन्न क्षेत्रमा अग्रपंक्तिमा खटेका व्यक्ति तथा संस्था साथै निरन्तर रूपमा सामाजिक सेवाभावले समाज रहेर सामाजिक सेवामा निरन्तर काम गर्नेलाई यस वर्ष पनि विशेष सम्मान तथा अवार्ड प्रदान गर्न लागिएको हो ।

उक्त अवार्डको लागि देशै भरिवाट समाजीक सेवामा कार्य गर्ने व्यक्ति तथा सस्थाले आवेदन पनि दिन सक्नेछन । त्यसका लागि सिजन मिडियाको आधिकारीक ओइवसाइटमा गएर फारम भर्न सकिने छ ।

समाजमा रहेका मानिसहरु विभिन्न समस्यामा परेको समयमा सानोभन्दा सानो सहयोगले पनि ठूलो महत्व पु¥याएको हुन्छ भने समुदायको जीवनरक्षा गर्न बल पुगेको हुन्छ । सामाजिक क्षेत्रमा उनीहरूले दिएको योगदानको शब्दमा समेत उतार्न असम्भव नै हुन्छ । समाजका ती विशेष व्यक्तिलाई यसवर्ष पनि संस्थाले अवार्ड तथा सम्मान प्रदान गरी उनीहरूको काम गर्ने सोच र सामाजिक दायित्वलाई हौसला दिन लागिएका सिजन मिडियाका कार्यक्रम व्यवस्थापक रेजिना तुलाधर जानकारी दिनु भयो ।

‘सबै नागरिकमा सामाजिक भावना जागरुक होस भर्ने हेतुले विगत ५ वर्षदेखि निरन्तर रूपमा उहाँहरूको जोस जागर र सामाजिक सेवालाई जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं उनले भने, ‘‘यसले नयाँ पुस्तालाई पनि प्रेरणा दिनेछ । सम्मानका लागि संस्थाले विभिन्न मापदण्ड बनाएको र त्यसका आधारमा छनोट भएका व्यक्तित्वलाई विशेष कार्यक्रमको आयोजना गरी सम्मानित गरिनेछ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv