काठमाडौंको वसन्तपुरमा १२ औं नेपाली टोपी दिवस मनाइयो

काठ्माडौं, पुष १७ गते । जागरुक युवा अभियान नेपालले १२ औं अन्तर्राष्टिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ । अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधवार काठमाडौंको बसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै अभियानका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीको संरक्षण र प्रवर्द्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरेको बताए । उनले १२ वर्षअघि कठिनताका साथ सुरुवात गरिएको कार्यक्रम अहिले देश विदेशभर फैलिएको भन्दै खुसी व्यक्त गरे । श्रेष्ठले नेपाली टोपी अभियान कुनै पनि अभियानको विरोधमा नरहेको भन्दै केही तत्वहरुले विवादित बनाउने कोसिस भइरहेको बताए । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले कालोटोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न पनि संयोजक श्रेष्ठले सरकारसँग जोडदार माग गरे ।

अर्का अभियन्ता रामजी बलामीले नेपाली टोपी विश्व समुदाय माझ परिचित रहेकाले नेपालको पहिचान पनि भएको बताए । बलामीले सबै सांस्कृतिक पोशाकको प्रवद्र्धन गर्नुपर्ने भन्दै नेपाली टोपीको थप प्रवद्र्धनका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

अर्का अभियन्ता जनार्जन पौडेलले नेपाली टोपीले हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने भएकाले यो सबै नेपालीको साझा चिनारी भएको बताए । पौडेलले अंग्रेजी नयाँ वर्षलाई नेपालीपन दिन सो दिन अन्तर्राष्टिय टोपी दिवस मनाउन थालिएको बताए ।

यस्तै अर्का अभियन्ता ज्ञानमणि नेपाल कालोटोपीले टोपी लगाउने र नलगाउने व्यक्तिगत स्वतन्त्रताको कुरा भएको उल्लेख गर्दै नेपाली उत्पादनको प्रवद्र्धन गर्नु सबै नागरिकको दायित्व भएको बताए ।

कार्यक्रममा बालकदेखि बृद्धसम्म र युवायुवतीहरुको बाक्लो उपस्थिति थियो । जागरुक युवा अभियान नेपालले नेपाली टोपीको संरक्षण र प्रवद्र्धनका लागि भन्दै हरेक वर्ष जनवरी १ तारिखका दिन अन्तर्राष्टिय नेपाली टोपी दिवस मनाउदै आएको छ ।

नेपाली शब्दकोषमा शिर छोप्ने, शिरको शोभा बढाउने वा शिरको रक्षाका निम्ति घेरा हालि सिलाइएको वस्त्रलाई टोपी वा शिरपोस भनिएको छ । ढाका र भाट्गाउँले टोपीको आगमन, प्रयोग र विस्तार जसरी भएता पनि अहिले विश्व समुदायले झट्ट देख्ने बित्तिकै नेपालीलाई चिन्ने एउटा गर्विलो पहिरन टोपी हो ।

खास जात्रा पर्व र अवसरमा विभिन्न समुदायले विभिन्न आ(आफ्नो सामदायिक टोपीहरु लगाउने गरे पनि सामान्यतः कामकाजदेखि वैदेशिक यात्राका बेला र  विदेशी पर्यटक नेपाल आउँदा ढाका टोपी नै लगाइदिने प्रचलन बढेको छ । पछिल्लो समय युवापुस्तामा नेपाली टोपीप्रतिको क्रेज बढ्दो छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv