लीला नेपालको राजनीतिक यात्रा र मोहन बस्नेतको अग्नीपरिक्षा
काठमाण्डौं, असोज १३ । सिन्धुपाल्चोकबाट नेपाली कांग्रेसले समानुपातिक कोटामा प्रदेश तर्फ लीला नेपालको नाम राखेको छ ।
अन्य राजनीतिक दलहरुले यस अघी महिला नेता सांसद बनाए पनि नेपाली कांग्रेसबाट पहिलो पटक महिलाहरुको नाम सिफारिस गरेको हो ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य समानुपातिक तर्फ उनको नाम परेपछी जिल्लाका महिला कार्यकर्तामा एकखालको खुशी छाएको छ । पार्टिमा त्याग गरेकी महिलाले पहिलो पटक पार्टिले मुल्याङ्कन गर्दै नेपालको नाम सिफारिस गरेको भन्दै हौसिएका छन ।
गठबन्धनले जे निर्णय गरे पनि जिल्लामा नेपाली कांग्रेसको जित हुने कुरामा ढुक्क हुने देखिन्छ ।
पुर्व सुचना तथा संचार मन्त्री नेपाली कांग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत पार्टीको प्रभावशाली नेता हुन् । उनैको योगदान र क्षत्रछाँयामा राजनीति सिकेकी नेपाल यदी सांसद भईन भने बस्नेतको राजनीतिक यात्रामा महिला नेता कार्यकर्ता प्रति अर्को न्याय गरेको देखिन्छ ।
समाबेसीताको आधारलाई मध्यनजर गर्दै अहिलेको अवस्थामा स्थानिय निकाएमा कांग्रेसको जित हुनु र केन्द्रमा पनि कांग्रेसले आफ्नो बर्चस्व राख्न सके सिन्धुपाल्चोकमा नयाँ लहर आउने देखिन्छ ।
“सिन्धुपाल्चोक भनेको नेपाली कांग्रेसको ईतिहास बोकेको जुझारु नेता मोहन बस्नेत कै सकृयताले आजसम्म फरक अस्तित्व जोगाएको छ । तसर्थ गठबन्धनको बहानामा पार्टीले बस्नेत ज्यु लाई धोका दिन हुन्न र यस पटक कांग्रेसको अग्रतामा गठबन्धन चल्नु पर्छ । नत्र जिल्ला र गाउँका नेता कार्यकर्ताको मनोबल खस्कन्छ ।” नेपालले भन्नु भयो ।
एक प्रश्नको उत्तर दिदै “पछील्लो पटक मोहन दाईले जिल्लामा गरेको कामको मुल्याङ्कन होस् राष्ट्रिय राजनितिमा देखाएको योगदान संझदै उम्मेदवार चयनमा अन्यदललाई समर्थन गर्न नसकिने” कुरा पनि नेपालले जिकिर गर्नुभयो ।