‘प्रचण्ड’ गोरखा- २ बाट उम्मेदवार बन्ने भएपछी पुरानो फोटो हाल्दै डा. भट्टराईले लेखे यस्तो टुइट

काठमाण्डौं,असोज २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा- २ बाट उम्मेदवार बन्ने भएका छन्।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रचण्डले गोरखा- २ बाट निर्वाचन लड्ने निर्णय गरेपछी डा बाबुराम भट्टराई हौसिएका छन् । गोर्खा २ उनको निर्वाचन क्षेत्र हो । प्रचण्डले सो क्षेत्रबाट चुनाव लड्ने भएपछी टुइट गर्दै उनले लेखेका छन “मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु।वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट वहाॅको उमेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। वहाॅको शानदार विजयको हार्दिक शुभकामना!”

उनी यसअघि चितवन- ३ बाट निर्वाचित भएका थिए । अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येकपटक क्षेत्र फेरेका छन्।

काठमाडौं- १० बाट दोहोर्‍याएर लड्दा उनी पराजित भएका थिए। २०६४ मा रोल्पा- २ र काठमाडौं- १० बाट निर्वाचन जितेका प्रचण्डले २०७० को निर्वाचनमा काठमाडौं- १० बाट हारेका थिए भने सिरहा- ५ बाट झिनो अन्तरले जितेका थिए।

२०७४ मा चितवन- ३ बाट निर्वाचित प्रचण्डले यसपटक गोरखा रोजेसँगै उनी चार चुनावमा चार क्षेत्रबाट निर्वाचन लड्ने नेता हुनेछन्।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv