एमाले नछाड्ने भीम रावलको घोषणा, योग्य उम्मेदवारलाई जिताउन लागि पर्ने

काठमाण्डौं,असोज २७ ।  एमाले नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् । नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता रावलले आज पत्रकार सम्मेलन गर्दै पार्टी नछोड्ने घोषणा गरेका हुन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने उनले घोषणा गरे । आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनावमा टिकट नदिएको बताएका उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए ।

उनले उनले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताए । पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv