बहुचर्चित क्षेत्र काठमाण्डौं ४ मा राप्रपाको घरदैलो अभियान शुरु
काठमाण्डौं,कार्तिक १९ । बहुचर्चित क्षेत्र काठमाण्डौं ४ मा राप्रपाले पनि आफ्नो घरदैलो कार्यक्रम तिब्र बनाएको छ । चुनाव चिन्ह हलोमा मतदान गरी काठमाण्डौं ४ मा रा.प्र.पाका तर्फबाट संघिय सांसदका उम्मेदवार डा ठाकुर प्रसाद श्रेष्ठ र प्रदेश सभा (ख) सदस्य पदका उम्मेदवार पुन्यलाल श्रेष्ठ को जिताउन मतदातामा आग्रह गरेका छन् ।
मतदाताले प्रतिकृया सल्लाह सुझावका साथै आफ्ना गुनासाहरु उम्मेदवारलाई सुनाएका थिए । त्यस्तै सो क्षेत्रको समग्र बिकास खानेपानीको समस्या सडक सुधार,ढलनिकास जस्ता समस्या समाधान गर्न आफु र आफ्नो पार्टी प्रतिबद्ध रहेको उम्मेदवार पुन्यलाल श्रेष्ठले बताउनु भयो ।
प्रदेश कमिटी अध्यक्ष ठाकुर पौडेल र नगर कमिटी अध्यक्ष कमल श्रेष्ठ प्रचारप्रसार बिभाग सदस्य कमल श्रेष्ठको नेत्रुत्वमा डा प्रकाश चन्द्र लोहनी,भुवन पाठक,निन भेटवाल,चम्पा अधिकारी मदन कुमार प्रसाई,दान बहादुर खत्री लगायतको सहभागीता रहेको थियो ।
कपनको खरीबोटबाट शुरु भएको घरदैलो शेर्पा चोक,जगडोल,चुनीखेल हुँँदै चाबहिलमा पुगेर सकिएको थियो ।