जुम्ली जनताको आशाको केन्द्र बन्दै गोमा, गठबन्धनले जिताएर पठाउने लिएको छ जिम्मा
जुम्ला,कार्तिक २० । गाेमा गाैतम कुँवर मंसिर ४ गते हुने आम निर्बाचनमा प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छिन् । शिक्षा,स्वास्थ्य,कृषी र रोजगारलाई पहिलो प्राथमिकतामा राखी आफ्नो अभियान थालेकी कुँवरको जुम्ला जिल्लामा चर्चा चल्न थालेको छ । गठबन्धनका कारण पनि उनलाई हेर्ने द्रिटिकोण फरक भएको स्थानिय बताउँछन ।
को हुन गोमा गौतम कुँवर यस्तो छ राजनीतिक ईतिहास
२०३९ साल माघ १० गते जुम्लाकाे ग्रामिण क्षेत्र गाैतम बाडामा जन्मेकि गाेमा गाैतम कुँवर २०५५ सालमा पुर्णकालिन भइन् ।
त्यस अघी संगठनमा आबद्ध गाैतम मिलिसिय कलाकार महिला प्लाटुन कमिसार हुँदै पार्टी (acm, dcm) हुँदै भुमिगतकालमा मुगु जुम्ला कार्यक्षेत्र बनाइ पार्टीको कामलाई इमानदारीपूर्वक कार्यन्वयन गर्दै स्थानिय भावनाकाे कदर गर्दै आएकि गाेमा नेकपा माओवादी केन्द्र कि हाल केन्द्रीय पाेलिट ब्युराे बैल्पिक सदस्य अखिल महिला संगठन (क्रान्तिकारि) महिला संगठन केन्द्रीय सचिब संविधान सभा सदस्य पुर्ब राज्य मन्त्री समेत भएकी छिन ।