छरिएर रहेका ऐन र कानुनहरुलाई एकीकृत गर्ने काम शुरु गरिसकेका छौः मन्त्री श्रेष्ठ

काठमाण्डौं,पुष १ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय सम्बन्धी छरिएर रहेका ऐन र कानुनहरुलाई एकीकृत गर्ने काम मन्त्रालयले गरिरहेको बताउनु भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन वुलेटिनको आज मन्त्रालयमा भएको एक कार्यक्रममा विमोचन गर्दै मन्त्री श्रेष्ठले भूमि तथा सहकारी सम्बन्धी छरिएर रहेका र पुराना कानुनहरुलाई समेटेर एकीकृत कानुन निर्माण गर्ने र समयानुकुल बनाउने काम मन्त्रालयले शुरु गरिसहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले गुठी विधेयक ल्याउनका लागि तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।
नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै मन्त्री श्रेष्ठले सदस्य केन्द्रित सहकारी विकास गरेर जाने र मस्याग्रस्त सहकारीहरुको उचीत वयवस्थापन गरी आगामी दिनमा सहकारीहरुलाई समस्याग्रस्त बन्नै नदिने गरी काम भइरहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले सहकारीहरु आफ्नो उदेश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिदै यस अनुरुप चलेको थुप्रै सहकारीहरुले राष्ट्रहित र जनहितको पक्षमा राम्रो काम गरिरहेको पनि बताउनुभयो ।
उहाँले भूमिको उचित प्रयोग गरी उत्पादन र उत्पादकत्व बढाएर सहकारीका माध्यमबाट रोजगारीको विकास गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सकिने भन्दै त्यस तर्फे सहकारीहरु लाग्नु पर्नेमा जोड समेत दिनुभयो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारी सम्बन्धी ऐन र कानुनहरु पुराना भएकाले यसलाई समयानुकुल बनाउन आवश्यक रहेको औल्याउनु भयो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv